‘प्रकाश स्मृति कप’को फाइनलमा दोलखा र प्लानिङ बोइज

45

चरिकोट मंसिर ६ गते । जिल्ला फुटबल संघ दोलखा र प्लानिङ बोइज युनाइटेड पेप्सीकोला ‘प्रकाश स्मृति कप’को फाइनल खेलमा प्रवेश गर्न सफल भएको छ ।
सदरमुकाम चरिकोटमा जारी प्रतियोगिताको बिहीबारको पहिलो सेमिफाइनल खेलमा दिपशिखा युवा कल्ब नैकापलाई ३–१ ले पछि पार्दै जित हासिल गरेको दोलखा जिल्ला फुटबल संघले प्लानिङ बोइज युनाइटेडसंग फाइनल खेल्न स्थान सुरक्षीत गरेको हो ।
त्यसैगरी सेमिफाइनलको दोस्रो खेलमा प्लानिङ बोइज युनाइटेडले एपीएफ क्लबमाथि ४–३ को जित हासिल गर्दै फाइनल खेलमा आफ्नो स्थान सुरक्षीत पार्न सफल भएको छ।
निर्धारित समयमा १–१ गोलको बराबरीमा खेल टुंगिएपछि टाइब्रेकरमा एपीएफलाई १ गोलको अन्तरले हराउँदै प्लानिङ बोइज युनाइटेडले जीत हासिल गरेको आयोजक संस्थाका संयोजक मिनकुमार शीवाकोटीले जानकारी दिनुभयो ।
उहाँका उनुसार फाइनलमा प्रथम हुने टिमले २ लाख ५० हजार नगद तथा सिल्ड मेडल र प्रमाणपत्र पाउनेछन् । त्यसैगरी प्रतियोगितामा द्वितिय हुने टिमले १ लाख २५ हजार र तृतिय हुने दुई वटा टिमले ३०-३० नगद तथा शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।
प्रतियोगितामा उत्कृष्ट हुने किपर, डिफेन्डर, स्टाइकर, हाई स्कोरर, म्यान अफ द टुर्नामेन्टले नगद १०-१० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।
नेकपाका अध्यक्ष एवँ पूर्वप्रधानमन्त्री पुष्प कमल दहाल प्रचण्डले मंसिर ३ गते उद्घाटन गर्नुभएको प्रकाश स्मृति कप फुटवल प्रतियोगिताको समापन शुक्रबार (भोलि ) स्वर्गिय प्रकाश दहालकी श्रीमती एवम् खानेपानी तथा सरसफाई मन्त्री विना मगरले गर्नुहुने कार्यक्रम तय भएको संयोजक शिवाकोटीले बताउनुभयो । पुर्नसँगठित नयाँ सामाजिक शैक्षिक अभियान (रिनेजम नेपाल)को आयोजना तथा दोलखा जिल्ला फुटवल संघको सह–आयोजनमा भइरहेको प्रतियोगितामा देशभरबाट १२ वटा उत्कृष्ट टिम सहभागी भएका थिए ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here