निजामती सेवामा शेर्पा समुदायलाई पनि सहभागी गराउनुपर्छ : अध्यक्ष शेर्पा

२० फागुन २०८०, आइतवार राम्रो पोष्ट
राम्रो पोष्ट
२० फागुन २०८०, आइतवार

चरिकोट ।नेपाल शेर्पा विद्यार्थी संघ दोलखाको अध्यक्षमा टसी शेर्पा चयन भएका छन्।
शनिबार चरिकोटमा सम्पन्न चौथौ जिल्ला अधिवेशनले शेर्पाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो।
अधिवेशबाट उपाध्यक्षहरुमा आङदावा शेर्पा,पेमाजाङ्मु शेर्पा र दावापेञ्जु शेर्पा चयन भएका छन्।
त्यसैगरी सचिवमा पेमु शेर्पा, सहसचिव दावा सोनाम शेर्पा र कोषाध्यक्ष पासाङदोर्जे शेर्पा चयन भएका छन् ।
सदस्यहरु दामिङ्मा शेर्पा, सोन्वुटी शेर्पा, साङ्लामु शेर्पा, दावा ओङ्मु शेर्पा, लाम्पा पासाङ शेर्पा चयन भएको नवनिर्वाचित अध्यक्ष टसी शेर्पाले जानकारी दिए।
शेर्पा समुदायको बालबालिकालाई बिद्यालयसम्म पुर्‍याउन आफ्नो विशेष भूमिका रहने बताउँदै उनले निजामती क्षेत्रमा शेर्पा जातीको सहभागीताको लागि विद्यार्थीहरुलाई आवश्यक साथसहयो गर्ने प्रतिबद्धता जाहेर गरे।
उनले भने "शेर्पा भन्ने बित्तिकै चौरी पाल्ने, हिमाल चढ्ने भन्ने बुझ्छन्। त्यो पनि राम्रो कुरा हो तर राज्यको नीति निर्माण तथा कार्यान्वयन गर्ने तह र तप्कामा शेर्पा समुदायको उपस्थित कमजोर हुँदा शेर्पा भित्रको विविधतालाई धेरैले बुझ्न सकेको छैन्।"
हिमाल चढ्ने साहसिक काम, ट्रेकिङ तथा होटल व्यवसाय र चौरी व्यवसायलाई पनि संरक्षण र सम्बर्द्धन गर्दै राज्यको महत्त्वपूर्ण क्षेत्रमा समेत शेर्पा जातीको प्रवेश हुनुपर्नेमा उनले जोड दिए।
"त्यसको लागि सबै शेर्पाहरुले आफ्नो बालबालिकालाई विद्यालयसम्म पुर्याएर पढाउने वातावरण बनाउनुपर्छ ।" नवनिर्वाचित अध्यक्ष शेर्पाले भने।
"उच्च शिक्षामा अग्रसरता,निजामती क्षेत्रमा व्यापक सहभागीता" भन्ने नाराका साथ सुरु भएको अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथी नेपाल शेर्पा संघ केन्द्रिय उपाध्यक्ष आङ्निमा शेर्पा र बिशेष अतिथि नेपाल शेर्पा विद्यार्थी संघ केन्द्रिय कार्यवाहक अध्यक्ष छिरिङ शेर्पाको सहभागीता थियो। कार्यक्रममा बिद्यार्थी तथा अभिभावक गरि सय भन्दा बढिको उपस्थिति थियो।
विधानअनुसार नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई बर्षको हुनेछ।