रुसी सेनामा भर्ना भएका नेपाली युवा सन्दीपको युक्रेनी सेनाको ट्रयापमा परि मृत्यु

४ कार्तिक २०८०, शनिवार राम्रो पोष्ट
राम्रो पोष्ट
४ कार्तिक २०८०, शनिवार

एजेन्सी । रुसी सेनामा भर्ना भएका नेपाली युवा सन्दीपको युक्रेनी सेनाको ट्रयापमा परि मृत्यु भएको छ।
रुसी सेनामा भर्ना भएर युक्रेनविरुद्धको लडाइमा लागेका थपलियाको युक्रेनी सेनाले थापेको ट्रयापमा परेर मृत्यु भएको हो।
जुलाई १४ मा रसीयाबाट उनको मृत्यु भएर शव गाडेको सन्देश आएको द न्युयोर्क टाइम्समा प्रकाशित समाचारमा उल्लेख छ।
नेपालमा रहेको बहिनीलाई फोन गरेर आफूलाई जङ्गलतिर लिएर गइरहेको जानकारी गराएका उनी त्यसपछि सम्पर्कमा आएनन् ।
विद्यार्थी भिसामा रुस पुगेका उनी रुसको सरकारले एक वर्ष रुसमा बसेकाहरू रुसी सेनामा भर्ना भएपछि रुसी नागरिकता दिने योजना ल्याएसंगै रुसी सेनामा भर्ना भएका थिए।
रुसी अधिकारीबाट सन्दीप परिवारलाई आएको सन्देशमा उनको शव गाडिएको उल्लेख छ।
सन्दीपको परिवार भने उनको शव नेपाल ल्याएर हिन्दु संस्कार अनुसार अन्तिम संस्कार गर्न चाहन्छ।
यसबारे उनीहरूले पहल पनि गरे तापनि रुसको मस्कोमा रहेको नेपाली अधिकारीले भने रुसी सेनाले अनुमति नदिने जवाफ दिएका छन्।
नेपाल सरकारले युद्धग्रस्त मुलुकमा गएर त्यहाँको सेनामा भर्ना नहुन आग्रह गरे पनि अन्य नेपाली युवाहरू समेत रुसी सेनामा भर्ना भएको सार्वजनिक भइसकेको छ।

.