दोलखा समाज जापानमा सन्जिब पोखरेलको अध्यक्षतमा नयाँ कार्यसमिति



टोकियो। दोलखा समाज जापानको अध्यक्षमा सन्जिब पोखरेल सर्वसम्मत चयन भएका छन्।
अइतबार टोकियोमा भएको पाँचौं महाधिवेशनले पोखरेलको अध्यक्षतमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
समाजका वरिष्ठ उपाध्यक्षमा महेन्द्र राउत र उपाध्यक्षहरूमा श्री खड्का, नारायण खड्का, मनोज श्रेष्ठ र अन्जन बस्नेत चयन भएको निर्वाचन कमिटिका संयोजक गिरबहादुर तामाङले बताउनुभयो।
त्यसैगरि समाजको महासचिवमा अनुप खड्का, सचिवहरुमा तिलराज खतिवडा, सिर्जना थापा, शिव ओली र कोषाध्यक्षमा गोपी कार्की चयन भएका छन्।
समाजको सदस्यहरुमा गोपीनी आचार्य, दर्पन खड्का, सुवास पोखरेल, नवराज खड्का, सन्तोष खड्का, दिपेन्द्र कार्की, अर्जुन खड्का, अशोक पोखरेल, सुनिल खड्का र रमेश लामा रहेका छन्।
महाधिवेशनमा समाजको प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन सार्वजनिक गरिनुका साथै छलफल र सुझाव सहित अनुमोदन गरिएको निवर्तमान अध्यक्ष रोशन थापाले जानकारी दिनुभयो।
कार्यक्रमका प्रमुख अतिथिको रुपमा उपस्ति जापानका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदीले दोलखा समाजको खुलेर तारिफ गर्नुभयो।
उहाँले समाजले जापान तथा नेपाली समाजका समाजिक क्षेत्रमा पुर्याएको साथ सहयोगले नेपालीहरुको भावनालाई एक बनाएको बताउनुभयो।
कार्यक्रमा सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै एनआरएनए जापानका उपाध्यक्ष सिद्धार्थ श्रेष्ठ, पत्राकार रामचन्द्र गीरी, कलाकार शर्मिला तामाङ, महेश खड्का लागएतलाई सम्मान गरिएको छ ।
सन् २०१६ मा स्थापना भएको स्थापना भएको दोलखा समाज जापानले जापानमा रहेका दोलखालीहरुलाई आश्यक्ता अनुसारको साथ सहयोग गर्दै आइरहेको छ।