टोकियो स्थित एसियन ब्रिज इन्टरनेश्नल स्कुलको सोमबार भव्य समारोहबीच उद्घाटन हुँदै

१७ चैत २०८१, आइतवार राम्रो पोष्ट
राम्रो पोष्ट
१७ चैत २०८१, आइतवार

टोकियो । जापानको टोकियो विश्वविद्यालयबाट अर्थशास्त्रमा पिएचडी गरेका अन्तराष्ट्रिय अधिवक्ता डा.बलराम श्रेष्ठको नेतृत्वमा स्थापित एसियन ब्रिज इन्टरनेश्नल स्कुलको सोमबार औपचारिक उद्घाटन हुने भएको छ ।

७० जना भन्दा बढि सेयर होल्डरहरुको लगानीमा नयाँ शैक्षिकसत्र २०२५ को अप्रिलबाट संचालनमा आउने यो स्कुलको मार्च ३१ तारिख सोमबार औपचारिक रुपमा उद्घाटन हुने भएको हो ।

स्कुलले सीमित सिटको लागि निशुल्क भर्ना खोलेको एसियन ब्रिज इन्टरनेश्नल स्कुलका अध्यक्ष समेत रहेका डा.बलराम श्रेष्ठले जानकारी दिनुभयो।

जापानमा नेपालीहरुको संख्या बढ्दै गर्दा नेपाली समुदायको बालबालिकाहरुलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान र क्षमतावान जनशक्ति उत्पादन गर्ने उद्देश्यले विद्यालयको स्थापना गरिएको उहाँले बताउनुभयो।

नेपाली पाठ्यक्रममा आधारित पठनपाठन हुने एसियन ब्रिजमा पारीवारिक वातावारणमा अन्तर्राष्ट्रिय मापदण्डको शिक्ष प्रदान गरिने छ।

‘साइन्स,टेक्नोलोजी,इन्जिनियरिङ र म्याथम्याटिक्स (स्टिम) थेउरी प्रयोग गरि होलस्टिकक एप्रोजबाट अध्यापन गराइने छ।’ उहाँले भन्नुभयो।

जस्का कारण नेपाली बालाबालिकाहरुलाई भविष्यमा जापान सहित विश्वका जुनसुकै मुलुकमा शारीरिक, मानसीक शैक्षिक र सामाजीक वृत्तिविकास गर्नसक्ने सैद्धान्तिक र व्यवहारिक रुपले सक्षम बनाउनेछ।

करिब १० करोड लगानीमा सञ्चालनमा ल्यउन लागेको यस विद्यालयमा शैक्षिक र भौतिक गुणस्तर जापानी विद्यालयकै हाराहरीमा हुनेछ।

प्रारम्भिक चरणमा एसियन ब्रिजमा प्रिस्कुलदेखि ४ कक्षासम्मको पढाइ संचालन हुनेछ भने हरेक वर्ष बढाउँदै विश्वविद्यालयसम्म संचालन गर्ने योजना बनाएको छ। 

टोकियोको किताकु स्थित खामीनाखाजातोमा अवस्थित यो स्कुलमा टोकियो, चिवा छेउछाउ (माचुदो, कासीवा) साईतामा कावागुची, वारावी, ओमिया आसपास प्रिफेक्चरमा बसोवास गर्ने बालबालिकाहरु समेतलाई आवत जावत गर्न सहज हुने छ।

डा. बलराम श्रेष्ठको अध्यक्षतामा गठन गरिएको स्कुलको व्यवस्थापनको कार्यकारी सदस्यहरुमा दिनेश सिलवाल,दिनेश लोहनी, राजन पन्त,  बिगेन राजकर्निकार र मनिराज सिलवाल रहनुभएका छन् भने स्कुलको एकाडेमिक डिरेक्टरमा दुर्गा पौड्याल रहनुभएकी छिन्।

.