तीनकुनेमा राजावादीको प्रदर्शनमा एकजनाको मृत्यु
१५ चैत २०८१, शुक्रवार
राम्रो पोष्ट



काठमाडौं ।काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शनमा एकजनाको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका–४ घर भएका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए ।
प्रदर्शनमा घाइते भएका उनलाई उपचारका लागि शिक्षण अस्पताल पुर्याइएको थियो। त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. सुवास आचार्यका अनुसार महर्जनको घाँटीमा गोली लागेको थियो।
उनी अस्पताल पुर्याउँदै मृत भेटिएको आचार्यले बताए। शुक्रबार तीनकुनेमा राजसंस्था पक्षधरको आन्दोलन अनियन्त्रित भएको थियो।