जापानमा काम लगाइदिन्छु भन्दै पैसा माग्ने चलन बढ्दो छ



टोकियो। जापान कुनैबेला धेरै समयसम्म विश्वबाट अलग रहेको भन्ने सुन्नमा आउथ्यो। तर सन १२९९ को माक्रोपोलोको पुस्तकमा जापानलाई जिपाङ्गु शष्उबलनग भनेर सबैभन्दा पहिला युरोपमा चिनाइएको थियो।
सातौं शताब्दीको सुरुमा राजकुमार सोतोकुले जापानलाई सुर्योदयको देश भनेर पुकारे र अहिलेसम्म पनि यो देश निप्पोन वा निहोन भनेर परिचित छ ।
जापान अवसरै अवसर भएको देश भनेर पनि परिचित छ। सन् १९४५ अगस्टमा बि२९ जहाजबाट विध्वंसकारी परमाणु बम हमला गरी दुई लाख भन्दा बढि मानिस र पुरै संरचना ध्वस्त भएको क्षणलाई नियाल्दा र अहिलेको अवस्थालाई नियाल्दा जापानमा नपत्याउने ढङ्गगले परिवर्तन भएका छन्।
सन २०२५ सम्म आइपुग्दा जापान विश्वकै चौथो ठुलो अर्थतन्त्र भएको देश बनेको छ भने चन्द्रमामा रकेट पठाउन सफल देश बनेको छ। यो परिवर्तनका लागि निश्चयनै जापानी नागरिक र यहाँको नेतृत्वको योगदान मुल्यवान छ।
१८९९ सालमा प्रधानमन्त्री श्री ३ देव शमशेरको पालातिर जापानले अन्नराष्ट्रिय स्तरमा औपचारिक सम्बन्ध सुरु गरेका थिए।
जापानको प्राकृतिक सुन्दरता, धर्म, संस्कृति नेपाल र नेपाली समुदायसंग पनि मेल खान्छ। त्यसैले पनि पछिल्लो समय जापानमा नेपालीहरुको संख्या बढ्दो छ।
जापान नेपालीका लागी उच्च शिक्षा हासील देखि विभिन्न पेशा र ब्याबसायको लागी राम्रो गन्तव्य बनेको छ।
जापानमा विभिन्न परिस्थिति र बाध्यता रहर र इच्छालाई पूरा गर्नको लागि हरियो पासपोर्ट र सुटकेस बोकेर सुनौलो सपना बोकी चन्द्र सूर्य अंकित ठूलो जहाज चढेर आफ्ना सपना लाई सार्थक बनाउनको लागी नेपालीहरु आइरहेका छन्।
त्यसैगरि उच्च शिक्षा हासीलसंगै प्वाल परेको घरको धुरीलाई जस्ता पाताले छाउनको लागि, आमाको नयाँ पटुका चोली ब्लाउज, बाबालाई नयाँ आसकोट पाइन्ट किन्दिन र भाईबैनी लाई आईफोन किनिदिन र हिजो स्कुल कलेज पढ्दा बिरामी हुदा सिटामोल किन्न १० रुपैयाँ सापटी माग्दा पनि नदिनेलाई १०० रुपैयाँ सापटी दिनको लागि पनि प्राय नेपालीको रोजाइमा जापान परेको छ।
रहर भन्दा पनी बाध्यता लाई खुसीमा परिरणत गर्नका निम्ती त्यो सुनौलो सहर झिलीमीली को सहर मा दिन प्रतिदिन नेपाल बाट आउने क्रम बढ्दो संख्या छ ।
तर जापानको एयरपोर्टमा टेक्न नपाउँदै, एयरपोर्टबाट निस्कन नपाउँदै थुप्रै समस्या र चुनौतीको सामाना गर्नुपर्छ।
पछिल्लो तथ्याङ्क अनुसार विद्यार्थी डिपिन्डेन्ट, स्कील भिजा लगायत विभिन्न पेशामा जापान आउनेको सङ्ख्या करिब २ लाख भन्दा माथि रहेको छ।
अन्य मुलुकभन्दा अंग्रेजी त्यति धेरै दैनिक क्रियाकलापमा प्रयोगमा कम हुने भएकोले जापनिज भाषा जसरी पनि सिक्नु जरुरी पर्छ। आफ्नो भिजा अनुसार काम गर्न पाउने र तोकेको समयको मापदण्ड भित्र रहेर काम गर्नुपर्ने हुन्छ। त्यसरी काम गर्दा विद्यार्थी भिषा तथा डिपेन्डेन्ट भिषाको लागि प्रत्येक हप्तामा २८ घण्टा काम गर्ने अध्ययनको नियम रहेको छ।
र धेरै पैसा कमाउने बहानामा विभिन्न ठाउमा हेन्डक्यास भन्दै देखीने काम गर्दा नियमनलाई उल्लङ्घन गरी धेरै काम गर्दा अध्यागमनले भिषा नदिने, छड्के चेकिङमा पर्दा नेपाल पठाउने देखि ववर्किङ भिजा नदिने र ज्युम्बी भिसा दिन सक्दछ।
अवैध काम गर्दा स्वयंम ब्यक्ती, सिंगो नेपाली समाज र देश नेपाललाई हेर्ने दृष्टिकोण पनि फरक हुन सक्छ। जापानमा विभिन्न भिषामा आउनेलाई जापानीज भाषा अध्ययन गर्नु पर्छ।
भाषा नजानिदा विद्यार्थी तथा डिपेन्डेनले काम नपाउने जस्ता समस्या धेरैनै छन। भाषाको समस्याले गर्दा पछि विद्यार्थी तथा डिपेन्डेन्टहरूका साथै स्किल भिजामा आउनेहरुले राम्राराम्रा कामहरु पनि गुमाउनुपर्छ।
फलानाले कति कमायो, यति गर्यो,उति ठूलो घर बनायो, यस्तो गर्यो, उस्तो गर्यो, जस्ता परिवारको कुराले मानसिक र शारिरीक रुपमा असर पर्नुका साथै बिभिन्न किसीमका दुर्घटना समेत बेहोर्नु परेको छ ।
हाल जापानमा बेन्तो, यामतो तथा होटल, रेस्टुरेन्टमा र कम्बिनी स्टोर लगायतमा नेपालीको सङ्ख्या बढ्दो छ।
वर्किङ तथा कुनै नयाँ कामको खोजिमा रहेका नेपालीहरूलाई अर्को थरिका नेपालीले काम लगाइदिन्छु भन्दै पैसा माग्ने चलन पनि बढ्दो छ। त्यति मात्रै नभएर काम गर्ने ठाउँमा सेम्पाई अथवा सिनियरहरूले आफूले मागेको पैसा नदिए शिफ्ट नराख्ने सिफ्टबाट घटाउने वा कामबाटै निकाल्नेसम्म गर्छन्।
कतिपय महिलाहरुलाई त अनैनिक ब्याबाहार गर्ने र आफ्नो अनुकूल भनेजस्तो नभए बिभिन्न बाहानामा काममा सिफ्ट घटाईदिने र काम बाटनिकाल्ने सम्म गर्छन्।
कोरोनाको समयमा जापान सरकारले कामदारको लागी दिएको तलबको ८०५ यन समेत दिन पर्दैन भनेर कम्पनीमा वा काम गर्ने तेम्पो वा स्टोरहरुमा म्यानेजर र सिनीयरहरुलाई भनेर उक्त सुबीधा रोकिदिएका पनि छन्।
जुन कम्पनी र सरकारले दिने पैसालाई जापानको नियम र कानुनभन्दा माथि आफ्नो हैकम र कानुन लाद्नन पछि नपर्ने सेम्पाई तथा साईन हरु नेपाल र नेपालीको नाताले पनि सहयोग गर्नुपर्ने ठाउँमा सहयोगको त कुरा छोडौँ बिगार्न र दिन प्रतिदिन खेदो खन्न छोडेका छैनन ।
नेपालबाट १५ लाख रूपैयाँसम्म ऋण बोकेर आएको र समयमा तिर्न नसक्दा दिनहुँ पैसाको समस्या, घरपरिवारबाट पनि उस्तै खालको अभिव्यक्तिले सहन नसकी विभिन्न खालका समस्या आउनुका साथै जटिलटे खालका रोगले कतै हस्पिटलको बास र कति पार्कमा सुतेको सुतै, कतै ट्रेनको लीगमा सुसाइड,आत्महत्या गरि काठको बाकसमा जानपर्ने जस्ता बाध्यता भएको छ। त्यसैगरि लिभिङ टुगेदरमा बस्ने र सम्बन्ध नमिलेर मर्नेमार्ने जस्ता विविध समस्या दिनप्रतिदिन बढिरहेको छ। यस्ता समस्यालाई समयमानै रोकथाम तथा समाधान गर्न स्वयम आफै, सिङ्गो नेपाली समाज र सरोकार वालाले बेलैमा सोच्नुपर्ने बेला आएको छ।
नेपालसरकारले नेपाली जनताको परिश्रमको रेमिट्यान्सको आवश्यकता अपेक्षा गरिरहेको हुन्छ तर जनताको जनभाबना गुनासो र समस्याको समाधानमा भने तेती चासो दियको पाईदैन वास्तबमा जनभावनाको गुनासो र समस्यालाई समाधान गर्नुपर्छ।