राजावादी प्रदर्शनमा लुटपाट गर्ने ७० वर्षीया महिला सहित आधा दर्जन पक्राउ



काठमाडौं। राजावादीहरुको प्रदर्शनको क्रममा लुटपाट गरेको भन्दै आध दर्जन महिलाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार काटेश्वरस्थित भाटभटेनी सुपरमार्केट लुटपाटमा संलग्न भएको आरोपमा उनिहरुलाई पक्राउ गरेको छ ।
प्रहरी वृत्त बानेश्वरका अनुसार नुवाकोट विदुर गाउँपालिका– ६ घर भई हाल कोटेश्वर बस्ने ४३ वर्षीया सुशीला कुमाल, धरान घर भई हाल कोटेश्वर बस्ने ४१ वर्षीया एलिसा राई र कोटेश्वर बस्ने ७० वर्षीया बालकुमारी कार्कीलाई पक्राउ गरिएको छ।
त्यसैगरि सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– ८ घर भई कोटेश्वर बस्ने ३७ वर्षीया निर्मला कार्की, सिन्धुलीको लामुनटार गाउँपालिका– ७ बस्ने १५ वर्षीया चित्रमाया बस्नेत र सिन्धुलीकै तीनपाटन गाउँपालिका– १६ वर्षीया सुस्मिता बराललगायतलाई पक्राउ गरिएको छ।
उनिहरुलाई शनिवार कोटेश्वर नरेफाँटबाट नियन्त्रणमा दिएको प्रहरीले जनाएको छ।