डिम्याट नहुनेको पनि हकप्रद सेयरमा अधिकार रहने छ भनेर अपर तामाकोसी र धितोपत्र बोर्डले सूचना जारी गरोस्

२३ साउन २०८०, मङ्गलवार राम्रो पोष्ट
राम्रो पोष्ट
२३ साउन २०८०, मङ्गलवार

Dmat,हकप्रद सेयरका लागि अझै बाध्यकारी गरिएकै छ । दोलखाको प्रमुख जिल्ला अधिकारीले आयोजना गरेको बैठकमा अपर तामाकोसी हाइड्रोपावर कम्पनी र इस्यु मेनेजर सनराइज क्यापिटलले स्पष्टसँग Dmat नभए हकप्रद सेयर हाल्न पाइदैन ।
यदी हकप्रद सेयर बाकी रहे, त्यो लिलाममा जन्छ भनेको छ ।
नेकपा एमाले, दोलखाको विज्ञप्ति जारी भएपछि माथिल्लो तामाकोसी आयोजनाका पूर्वप्रमुख Bigyan Shrestha ज्युले भन्नु भएजस्तो Dmat नहुनेको पनि हकप्रद सेयरको अधिकार रहने छ भनेर अपर तामाकोसी र धितोपत्र बोर्डले सूचना जारी गरोस् ।
साथै, प्रथम पटक दोलखालीका लागि सेयर हाल्न गाउँ, राजधानी र बैकहरूमा काउण्टर खोलेर सुविधा दिएजस्तै अहिले पनि सुविधा दिन्छौ, र Dmat भर्न पनि यसरी नै सुविधा दिन्छौ भनेर सूचना जारी गरोस्।
Dmat अनिवार्य आवश्यक छ भनेर जनताले Dmat को पैसा तिरिरहेकै छन् । तर, बर्षौ कुनै कारोबार नगर्ने जनतासँग बर्सेनी नवीकरण भन्दै Dmat को १०० र मेरो सेयरको ५० रूपैयाँ किन लिएको ? सेयर कारोबार गर्नुपरे मात्र Dmat अनिवार्य हुनेहुदा प्रत्येक बर्ष थोरै सेयर पाउने जनतासँग किन नवीकरण शुल्क भन्दै लिएको ? धितोपत्र बोर्डले इस्यु मेनेजर कम्पनी र ब्रोकर कम्पनीलाई मात्र लाभ देखिने नियमलाई संशोधन गरे हुदैन ? ३४ कित्ता सेयर पाउने र ३४०० कित्ता सेयर पाउनेलाई एउटै नियम लादेर हुन्छ ?
Bigyan Shrestha ज्युले भन्नु भएजस्तै गरेर आधिकारिक ठाउँबाट तत्काल सूचना जारी गर्न अनुरोध छ । नत्र, सर्वपक्षीय बैठकमा Dmat अनिवार्य भनेपछि हामीले विरोध जनाउदै यदी Dmat नहुने अवस्था आयो भने पनि सेयरबाट बञ्चित गर्न पाइदैन भनेर जिकिर गरेको भुलेका छैनौ ।
धन्यवाद Bigyan Shrestha ज्यु । तपाईंले स्पष्ट पारिदिनु भएको कुरा आधिकारिक सूचनामा आओस् । उहाँको कमेन्ट लिस्टमा आएको भनाइ यस्तो छ ...........
नेपाल धितोपत्र बोर्डको नियमावलि अनुसार DMAT नभएकै कारणले हकप्रद शेयर भर्नवाट बन्चित हुनु पर्ने छैन ! हकप्रद शेयर निस्कासनको लागि सो को आब्हान पत्रमा DMAT नभएको सेयर धनीले कसरी हकप्रद शेयर भर्ने भन्ने बारेमा बिस्तृत विवरण अनिवार्य रुपमा दिनु पर्ने प्रावधान रहेकोछ ! स्मरण रहोस की शेयर खरीद बिक्रिको लागि र वोनस सेयर/डिभिडेन्टको रकम प्राप्त गर्न हितग्राही खाता (DMAT) र बैंक खाता अनिवार्य हुने भएकोले यस सम्बन्धमा स्थानिय जनतालाई सुसूचित गराउनु वा सिकाउनु अहिलेको आबस्यकता देखिन्छ !