कुलमानलाई हटाएर शाक्यलाई नियुक्ति

१२ चैत २०८१, मङ्गलवार राम्रो पोष्ट
राम्रो पोष्ट
१२ चैत २०८१, मङ्गलवार

काठमाडौं। नेपाल विद्युन प्राधिकरणको कार्यकारी निर्देशकलाई हटाएसंगै उक्त स्थानमा हितेन्द्र देव शाक्यलाई ल्याएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई हटाएर  शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।

ऊर्जा मन्त्रालयको प्रस्तावमा शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो। 

मन्त्रिपरिषद्को समबारको बैठकले वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको थियो । 

चार वर्षीय घिसिङको कार्यकाल आगामी साउन २४ गते सकिँदै थियो। तर, समयावधि नसकिँदै सरकारले उनलाई हटाएको हो। डेडिकेटेड र ट्रंक लाइनका कारण घिसिङ विवादित बन्दै आएका छन्। उद्योगहरूको लाइन काट्ने विषयमा घिसिङ र सरकारबीच जुहारी चल्दै आएको छ ।