२५ करोड बरामद काण्डमा सुराकीले मात्रै ५ करोड पुरस्कार पाउने

६ चैत २०८१, बुधवार राम्रो पोष्ट
राम्रो पोष्ट
६ चैत २०८१, बुधवार

काठमाडौं ।२५ करोड बरामद काण्डमा सुराकी गर्नेले करिब ५ करोड पुरस्कार पाउने भएको छ।

विदेशी बिनियम (नियमित गर्ने) ऐन, २०१९ अनुसार खबर गर्नेले २० प्रतिशत रकम पाउँने प्रावधान रहेकोले सो बराबरको रकम पाउने भएको हो ।

ऐनमा भनिएको छ,  ‘पक्राउ भई आएको विदेशी मुद्रालाई नेपाली मुद्रामा परिणत गर्दा कायम हुन आएको बिगोको सयकडा बिस प्रतिशत त्यस्तो सुरका दिने व्यक्तिलाई इनाम दिइनेछ ।’

त्यसैले कुसाङ लामाले चलाएको ट्रक पक्राउ गर्न खबर गर्नेले करिब ५ करोड नेपाली रुपैयाँ पाउने भएको हो ।

सुराक दिनेको विवरण गोप्य राख्नुपर्ने कानुनी व्यवस्था छ । पुरस्कार रकम मुद्दा फैसला भएपछि मात्रै निकासा हुन्छ त्यसमा कानुन अनुसार कर लाग्ने राजस्व कार्यालयले जनाएको छ।

चैत ४ मा मध्यराति डीएसपी अनिल घिमिरे नेतृत्वको टिमले झोर महांकालबाट ना७ ख १६५२ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएर खानतलासि गर्दा ठुलो मात्रमा विदेशि रकम फेला परेको थियो।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर–१ का कुसाङ लामाले चलाएको उक्त ट्रकबाट २५ करोड १ लाख ६० हजार रुपियाँ हुन आउने विदेशी मुद्रा भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालय जनाएको छ।

ड्राइभर सिट ‘वोनट’ भन्दा माथि फल्स बटनमा लुकाएको ‘युरो र डलर लुकाएर आरोपी रसुवाको केरुङ तर्फ जाँदै थिए।