यौन व्यवसायलाई कानुनी मान्यता दिनुपर्छ भन्ने कांग्रेस मुख्य सचेतक घिमिरेले मागे माफी

६ चैत २०८१, बुधवार राम्रो पोष्ट
राम्रो पोष्ट
६ चैत २०८१, बुधवार

काठमाडौं । यौन व्यवसायलाई कानुनी रुपमा मान्यता दिनुपर्छ भन्ने नेपाली कांग्रेसका मुख्य सचेतक श्यामकुमार घिमिरेले आफ्नो अभिव्यक्तिप्रति सदनबाटै माफी मागेका छन्।

यसप्रति धेरै टिकाटिप्पणी भएपछि बुधबार बसेको प्रतिनिधिसभाको बैठकबाटै उनले माफी मागेका हुन्।

उनले भने, ‘यही चैत्र ३ गते विशेष समयमा मैले अभिव्यक्त गरेको धारणा एउटा संसदको हैसियतले विशेष रुपमा राखेको व्यक्तिगत धारणाहरू हुन्। यो धारणा कांग्रेस पार्टी र संसदीय दलको आधिकारीक धारणा पनि होईन। यस विचारले संसदका सदस्यहरु र जन समुदायमा समेत नकारात्मक प्रभाव परेको परेको उहाँहरुसँग क्षमायाचना चाहन्छु।’

घिमिरेले आफूले रोखेको अभिव्यक्ति पार्टी र संसदीय दलको आधिकारिक धारणा नभई व्यक्तिगत धारणामात्र भएको पनि प्रष्ट पारे।

उनले गत आइतबार देशको विकास र पर्यटकहरूको वृद्धिका लागि यौन व्यवसायलाई कानुनी रुपमा मान्यता दिनुपर्ने बताएका थिए।