वडाको समृद्धिमा साथ-सहयोग गर्नेहरु सम्मानित
चरिकोट । भीमेश्वर नगरपालिका वडा नम्बर - ७ ले विभिन्न क्षेत्र तथा पेशमा आबद्ध व्यक्ति र संस्थाहरुलाई सम्मान गरेका छन्।
२०४६ सालको बहुदलीय व्यवस्था पछि विभिन्न क्षेत्रमा रहेर वडाको बिकास निर्माणमा सहयोग तथा योगदान गर्ने व्यक्ति तथा संस्थाहरुलाई एक कार्यक्रमका माझ सम्मान गरेको हो।
नगर तथा वडाको समृद्धिमा साथसहयोग गर्ने व्यक्ति तथा संघसंस्थालाई सम्मान गर्ने संस्कार बसाल्न सम्मान कार्यक्रम राखिएको वडाअध्यक्ष विनोद तामाङले बताए।
"यसले आगामी दिनमा पनि नगर तथा वडाको विकास निर्माणमा वडाबासीहरुलाई हौसला मिल्नेछ" उनले भने।
भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मान कार्यक्रममा वडाकै सामुदायिक विद्यालयका उत्कृष्ट प्रधानाध्यापकमा कुटीडाँडा माध्यमिक विद्यालयका शङ्करलाल श्रेष्ठ सम्मानित हुनुभएको छ ।
उत्कृष्ट शिक्षकमा सोही विद्यालयका सहायक प्रधानाध्यापक ईश्वर चौलागाई, हरिकृतन आधारभूत बिद्यालयका कृष्ण बहादुुर मुग्राती, कुप्री आधारभूत विद्यालयका कृष्ण प्रसाद सुवेदी, विरेन्द्र आधारभूतका धिरज आपगाईं,साखिने आधारभूतका सन्तोषी थापा राउत र सेतीदेवी माविका लक्ष्मण पाख्रिन रहेका छन्।
वडामा २ माध्यमिक विद्यालय र ४ आधारभूत विद्यालय रहेका छन् ।
वडाका उत्कृष्ट उत्कृष्ट कर्मचारी भवेन्द्र थापा र निर्मला बस्तेत सम्मानित भएका छन् भने उत्कृष्ट स्वास्थ्यकर्मीमा मकैबारी स्वास्थ्य चौकीकी लक्ष्मी केसी सम्मानित भएकी छिन्।
वडाले ९० वर्षमाथिका ३ जना जेष्ठ नागरिक दल बहादुर खड्का ,मित्रलाल चौलागाईँ र हरि बहादुर मगरलाई पनि सम्मान गरेको छ ।
त्यसैगरि लामो समयदेखि जनप्रतिनिधि भइ योगदान गरेका १३ जनालाई सम्मान गरेका छन् ।
सम्मानित हुनेहरुमा पूर्व वडाअध्यक्ष कैलास कुमार श्रेष्ठ,नरम कुमारी शाह,तारा मुग्राती,अर्जुन लामा,हरिकृष्ण बस्नेत छन्। र कर्ण बहादुर शाही,नेत्र बहादुर बस्नेत,खेम बहादुर थापा,राजकुमार थापा,कृष्ण बहादुर कार्की,रामबहादर भुुुुजेल,नेत्र बहादुर तमाङ,नारायण बहादुर भुजेललाई सम्मान गरिएको छ।
स्थानीय समाजसेवी बुद्धिजीवी नरेन्द्र बहादुर बस्नेत,पूर्ण बहादुर थापा, रत्न बहादुर केसी, शिव बहादुर बस्नेत,वीर बहादुर मोक्तान,मेख बहादुर तमाङ,जेठी भुजेल सम्मानित भएका छन्।
वडाले उत्कृष्ट उपभोक्ता समितिमा नेवार गाउँ ढुुुुङ्गेधारा निर्माणका रेक बहादुर श्रेष्ठलाई सम्मान गरेको छ भने उत्कृष्ट कृषक शेर बहादुर तमाङलाई सम्मान गरेको छ ।
कार्यक्रमको अवसर पारेर नोबेल कलेजबाट इन्र्टनसीपमा आएका १० जना विद्यार्थी र कलेजलाई प्रसंसापत्रले सम्मान गरेको वडाअध्यक्ष तामाङले बताए।