"उत्कृष्ट प्रहरी कार्य विपद् व्यवस्थापन” पुरस्कारबाट प्रहरी निरीक्षक महतो पुरस्कृत

२९ असोज २०८१, मङ्गलवार भीमसेन श्रेष्ठ
भीमसेन श्रेष्ठ
२९ असोज २०८१, मङ्गलवार

चरिकोट । “उत्कृष्ट प्रहरी कार्य विपद् व्यवस्थापन” पुरस्कारबाट जिल्ला प्रहरी कार्यालय  दोलखाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सत्रुधन कुमार महतो पुरस्कृत भएका छन्।

६९औँ प्रहरी दिवसको अवसरमा प्रहरी निरिक्षक महतो सो विधामा पुरस्कृत भएका हुँन्।

मंगलबार प्रहरी प्रधान कार्यालय काठमाडौंमा आयोजित कार्यक्रममा उनलाई प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रमाणपत्र सहित पुरस्कार प्रदान गरेका थिए।

देश र जनताको सेवामा इमानदारीपूर्वक लागेकै कारण आफू पुरस्कृत भएको बाताउँदै प्रहरी निरीक्षक महतोले आगामी दिनमा अझ‌ै राम्रो काम गर्ने हौसला मिलेको बताए।

असोज ११ र १२ गतेको अविरल वर्षाका कारण जिल्लामा बाढी, पहिरोबाट भएको जनधनको क्षति न्यूनीकरण र उद्धारमा महत्त्व लगाएतका सुरक्षाकर्मीहरुले रचनात्मक भुमिका निर्वाह गरेका थिए।

त्यसैगरि पछिल्लो समय जिल्लामा लागुऔषध प्रयोग, बिक्री तथा वितरण गर्नेहरुलाई समेत नियन्त्रणमा लिन दोलखा प्रहरी सफल भएका छन्।