असामको मन्दिरमा बनाएको भिडियोले दुर्गा प्रसाईंसम्म पुग्न सहज भएको थियो प्रहरीलाई

२९ चैत २०८१, शुक्रवार राम्रो पोष्ट
राम्रो पोष्ट
२९ चैत २०८१, शुक्रवार

काठमाडौै।  गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतको असाम राज्यबाट पक्राउ परेका छन् । उनलाई काकडभिट्टा नाका हुँदै प्रहरीले नेपाल ल्याइँदै गरेको समेत खुल्न आएको छ। 

उनी प्रहरीको सम्पर्कमा पुगेको प्रसाईको परिवारले पनि पुष्टि गरेको भए तापनि परिवारका ती सदस्यले प्रहरीले पक्राउ गरेको नभई सुरक्षाका लागि आफै आसाम प्रहरीको सम्पर्कमा पुगेको बताएका छन्।

तीनकुने घटनामा प्रहरीलाई नै गाडीले पेलेर अघि बढेका प्रसाईं केहीबेरपछि सम्पर्कविहीन भएका थिए । त्यसयता प्रहरीले उनको खोजी गरिरहेको थियो । यसबीचमा प्रसाईंले सामाजिक सञ्जालबाट भिडियो पोस्ट गर्दै आफू फरार नरहेको बताउँदै आएका थिए ।

दुई जनाको ज्यान जाने गरि तीनकुनेमा भएको अराजक प्रदर्शन नियन्त्रण बाहिर पुगेपछि फरार भएका प्रसाई भारतमा रहेको खुलेको हो।

यसरी पुगे भारतः

दुर्गा प्रत्ताई १५ गते तीनकुनेबाट भागेर सुरामा इनाडोलमा रहेको पुस्कर खतिवडाको घरमा पुगेका थिए। त्यहीबाट ५ बजेर २५ मिनेटमा उनी निस्किएका थिए। त्यसपछि भक्तपुरको नाला हुँदै धुलिखेलको बाटोबाट झापा लागेको अनुसन्धानमा खुलेको छ। उनी ८ बजेर ५० मिनेटमा धुलिखेल पुगेका थिए। त्यसपछि विहान सवा ५ वजेतिर उनी आपणाको विर्तामोडमा रहेको विएन्डसी अस्पताल पगेको थिए। त्यहाँबाट उनले काठमाडौंबाट आएको जीप र चालकलाई फर्काएका थिए।

प्रसाई भागेको राट ट्रयाक गर्दै प्रहरी झापामा पुगेको थियो। प्रहरीले प्रसाई चढेको गाडी इटहरीबाट नियन्त्रणमा लिएको थियो।

चैत १६ गते विहानको साडे ९ बजेतिर उनी काकडभिट्टा नाका हुँदै भारतको सिलगुडी पुगेको खुलेको छ। सिलगुडीबाट उनी बत्ती भन्ने ठाउँमा पुगेका थिए। असाम हुँदै उनी दिल्लीसम्म पुगेको खुलेको छ। उनी दिल्लीपछि फेरि विभिन ठाउँमा पुगेका थिए।

प्रहरीले भने प्रसाई भारतमै रहेको भन्दै खोजी सुरु गरेको थियो। उनी बसेको ठाउँहरु समेत नेपाल प्रहरीले लोकेट गरेको थियो।

प्रसाईले भने आफू नभागेको भन्दै भिडियो सामाजिक संजालमा पोस्ट गरेका थिए। उनले आफू नेपालमा नै रहेको बताएका थिए।

तर, उनले भागेपछि पोस्ट गरेको पहिलो भिडियो असाममा पुगेर बनाएको अनुसन्धानमा खुलेको छ। नेपाल प्रहरीले उनले भिडियो बनाएको मन्दिर समेत लोकेट गरेको थियो। प्रसाईले दोस्रो भिडियो बनाउँदासम्म प्रहरीले उनी कहाँ कहाँ पुगे भनेर लोकेट गरिसकेको थियो।

उनी भारतको असाममा एकजना स्थानीय नेताको घरमा वसेको समेत खुलेको छ। प्रहरीले प्रसाईलाई पक्राउ गरेर नेपाल ल्याउने तयारी गरिसकेको छ। यसबारेमा प्रहरीले गृह मन्त्रालयमा ब्रिफिङसमेत गरिसकेको छ।

प्रसाईको सचिवालयले भने भारतको असाममा उनले आत्मसमर्पण गरेको दावी गरिरहेको छ। यता नेपाल प्रहरीले पनि उनी पक्राउ परेको औपचारीक जानकारी भने दिएको छैन। भारतमा नै उनी पक्राउ परेको र कानुनी रुपमा सुपुर्दगी पूरा नहुँदा प्रहरीले उनलाई भारतमा नियन्त्रणामा लिएकोबारेमा अहिले ने कुनै प्रतिक्रिया नदिएको हो।

प्रसाई पक्राउ परेको छैनःप्रहरी

नेपाल प्रहरीले विभिन्न स्रोत उल्लेख गरी ‘दुर्गा प्रसाई पक्राउ’ भनी आएका समाचारहरूप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

प्रहरी महानिरीक्षकको सचिवालयबाट जारी विज्ञप्तिमा उनी प्रहरीको खोजीको सूचीमा रहेकोले ‘भ्रामक समाचार प्रकाशन, प्रशारण नगरिदिन’ हुन भनी अनुरोध गरेको छ ।