श्रीमतीको मृत्युु भएका विधुर पुरुषहरुलाई पनि भत्ता दिदै भीमेश्वर -७

३० असोज २०८०, मङ्गलवार राम्रो पोष्ट
राम्रो पोष्ट
३० असोज २०८०, मङ्गलवार

चरिकोट । दोलखाको भिमेश्वर नगरपालिकाको वडा नं-७ ले श्रीमतीको मृत्यु भएका विधुर पुरुषहरुलाई भत्ता वितरण गरेको छ।
आइतबार विधुर पुरुष सहायता तथा जेष्ठ नागरिक सामाजिक सुरक्षा कार्यक्रम गरि ४० वर्ष माथिका विधुर पुरुषहरुलाई वार्षिक पाँच हजार रुपियाँ भत्ता वितरण गरिएको हो।
कार्यक्रममा वडाका ३० जना विधुर पुरुषलाई भत्ता वितरण गरिएको वडा नम्बर -७ का वडा अध्यक्ष विनोद तामाङले जानकारी दिए। "यो वर्ष पाँच हजार दिए पनि अर्को वर्षदेखि मासिक पाँच सय हुने गरि वार्षिक ६ हजार भत्ता वितरण गर्छौ" उनले भने।
त्यसै गरि कार्यक्रममा २ दुई सय ३५ जना जेष्ठ नागरिकलाई जनही एक हजारको दरले भत्ता वितरण गरिएको छ।
नेपालीकाे महान् चाड विजयादशमी तथा दीपावलीकाे अवसरमा जेष्ठजनबाट आशिर्वाद लिन र उनीहरुको मनाेबल बढाउन सम्मान स्वरुप वडागत बजेटबाट भत्ता तथा सहयोग वितरण गरेकाे वडा अध्यक्ष तामाङले बताए । उनले यस प्रकारको कार्यक्रमलाई निरन्तरता दिने समेत बताए।
कार्यक्रमका प्रमुख आतिथि पूर्व वडाअध्यक्ष कैलास कुमार श्रेष्ठले ७५ वर्ष माथिका जेष्ठ नागरिकको सम्मान स्वरूप विगतका आर्थिक वर्षका कार्यक्रमलाई निरन्तरता दिनकाे लागि वडागत बजेटबाट रकम छुट्टयाएकोमा वर्तमान वडा समितिलाई धन्यवाद दिए।
त्यसैगरी विशेष आतिथि वडा नम्बर-६ का वडा अध्यक्ष नवीन कुमार लामाले समयकाे चक्र सँगसँगै सबै मानिसहरू वृद्ध हुने भएकालेे जेष्ठ नागरिकको सम्मान भावी पुस्तालाई सिकाउन यस्ता कार्यक्रम सबैले गर्नुपर्नेमा जोड दिए।