भीमेश्वर -७ मा पहिरोको पूर्वसूचना दिने ‘सेन्सर’ राखियो
चरिकोट। दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर -७ स्थित चर्नावती खोला र आसपासको क्षेत्र सबैभन्दा बढि वर्षा हुने क्षेत्रमा पर्छ।
वर्ष हुने र माटो पनि खुकुलो प्रकारको भएपछि लामोसाँगु-जिरी सडक निर्माणको क्रममा समेत आयोजनालाई यहाँको पहिरो रोक्न ठुलै लागत र मिहिनेत गर्नुपरेको थियो।
स्विस सरकारको सहयोगमा सन १९७५ देखि १९८५ सम्म चलेको सडक निर्माण आयोजनाले लामोसाँगुदेखि जिरीसम्म ११० किलोमिटर सडक निर्माण गर्न लाग्ने लागत बाबरको खर्च गरेर चर्नावती क्षेत्रको पहिरो रोक्न सफल भएको स्थानीयहरु बताउँछन् ।
त्यसैले हाल उक्त सडक दुई लेनको बनाउँदा पनि घट्टे खोलादेखि चर्नावती खोलासम्म छेउभित्ता कटिङ नगरी पहिलाकै अवस्थामा राखिएको छ।
यसै क्षेत्रको नजिकै पर्ने सिङ्गराम गाउँका स्थानीयले समेत बर्षा पछि पहिरोको समस्या धेरै पहिलेदेखि भोग्दै आएका छन्।
पहिरोका कारण हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्ने उद्देश्यले उक्त क्षेत्रमा तयार नेपालको सहयोगमा पहिरो पूर्व सुचना प्रणाली पहिलो फेज (LEWS) उपकरणहरू जडान गरिएको छ।
भीमेश्वर नगरपालिकाकाे दुई प्रमुख जलाधार क्षेत्र सुष्पाक्षमावती र चर्नावती क्षेत्रमध्ये चर्नावती जलाधार क्षेत्रभित्रकाे वडा नंं- ७ स्थित सिङ्गाराम गाउँको माथिल्लो भागमा Soil moisture sensor (माटाेकाे चिस्यान नाप्ने उपकरण) सहितकाे Rainguage (बर्षातकाे पानी नाप्ने उपकरण) Station जडान गरिएको वडाअध्यक्ष विनोद तामाङले बताए।
वर्षा गेजले वर्षाको मात्रा मापन गर्छ भने Soil Mcisture ले माटोको आर्द्रताले खडेरी र बाढी, पहिरो पूर्वानुमान गरि सुचना दिने गर्छ।
यस उपकरणको जडानले वर्षा र त्यसपछिको पहिरोले धनजनको क्षति कम हुने र रोकथामका लागि थप योजना बनाउन सहज हुँने आशा गरेको वडाअध्यक्ष तामाङले बताए।
पहिलो चरणकाे याे स्टेशनले बर्षातकाे पानीकाे मात्रा र माटाेकाे चिस्यानकाे सूचना उपलब्ध गराउने छ । दाेस्राे चरणमा भने यसलाई पहिरो पूर्व सुचना प्रणालीमा आवद्ध गरिने बताइएको छ।