युवतीलाई जबर्जस्ती चुम्बन गरेको आरोपमा ५५ वर्षीया तामेहिरा पक्राउ



टोकियो। जापानमा युवतीलाई जबर्जस्ती चुम्बन गरेको आरोपमा ५५ वर्षीय पुरुष पक्राउ परेका छन्।
फुकुओका शहरकको एक सपिङ सेन्टरमा जुनियर हाईस्कूलकी छात्रालाई जबर्जस्ती चुम्बन गरेको आरोपमा प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा किताक्युशु शहरका शिगो तामेहिरा रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार हिगासी वार्डको युम टाउन हाकाटाको क्रेन गेम कर्नरमा आइतबार मध्याह्नतिर तामेहिरोले साथीसँग रहेकी केटीलाई जबर्जस्ती चुम्बन गरेका थिए।
सुरुमा उनले केटीलाई पछाडिबाट बोलाएर केहि सोधेको र उसको घाँटी समातेर भुइँमा लडाएर उनीमाथि सुतेर जबर्जस्ती चुम्बन गरे थिए।
केटी र उनको साथीले सहयोगको लागि चिच्याएपछि पसलका कर्मचारी र ग्राहकहरूले तामेहिरोलाई तानेर तल राखेका थिए।
त्यसपछि ५५ वर्षीय तामेहिरोले बारम्बार चिच्याउदै मलाई तपाईंलाई छुन दिनुहोस भनेका थिए।
घट्नामा युवतीलई कुनै चोट पटक भने नलागेको प्रहरीले जनाएको छ ।
तामेहिरो युवतीका लागिल अन्जान व्यक्त रहेको समेत खुल्न आएको छ।
तामेहिरोलाई उद्धृत गर्दै प्रहरीले भनेको छ,‘मैले उनको स्तन र अन्डरवेयर छुने र उतार्ने प्रयास गरें, तर उनले कडा प्रतिरोध गरि, त्यसैले मैले लगभग त्यसो गर्न पाइनँ।’