मानवता बिर्सेर रमिते भएपछि सामान्य उपचारले बाच्ने विश्वाराजको मृत्यु
दोलखा । सबै प्रकारका दुर्घटना पश्चात् पहिलो प्राथमिकता भनेको घाइतेको प्राथमिक उपचार गर्नु हो । त्यसपछि थप उपचारको लागि सुबिधासम्पन्न अस्पतालमा छिटोभन्दाछिटो पु¥याउनु हो । तर हाम्रो जस्तो गरीब देसमा स्रोत, साधन, सूचना लगाएतका अभावले समयमा ती कुराहरू पूरा नहुन पनि सक्छ ।त्यसैले त हाम्रो जीवन जोखिमपूर्ण छ । कतिखेर कस्लाई कहाँ के हुन्छ, कोहिकसैलाई थाहाँ हुन्न।घाइतेको तस्बिर हेर्दा समयमा प्राथमिक उपचार पाएको भए बाच्थ्यो जस्तो देखिन्छ । सडकमा बगिरहेको रगले पनि उस्को मृत्यु धेरै रगत बगेकै कारण भएको अड्कल गर्न सकिन्छ । तर त्याँहा बसका चालक, यात्रुदेखि आसपासका मानिसहरू सबै रमिते बने। फोटो, भिडियो खिचेर सामाजिक सञ्जालमा हाल्न भ्याए। तर घाइतेको चोट लागरे रगत बगिरहेको ठाउँमा टालो, रुमाल, सल आदिले कस्ने आट समेत नगरेको पाईयो।भीड बढ्यो, तर ती भीडबाट घाइतेलाई बचाउने सामान्य उपाए समेत नअपनाउँदा बैत्यश्वर गाउँपालिका वडा नम्बर–७ का विश्वराज श्रेष्ठले ज्यान गुमाए ।जीवनको सुन्दर सपना बोकेर अघि बढ्दै गरेका २२ वर्षीय युवाको मृत्युुले सिंगो वडा शोकमा डुबेको वडा नम्बर–७ का वडाअध्यक्ष मिन कुमार सिवाकोटी बताउँछन् ।“मंगलबारको घट्नामा कोहि मान्छे गाडिको स्टाफ या अन्य मान्छेहरुमा मानवता भइदिएको भए पनि घाइते बाच्ने थियो” उनले भने, “घाइतेको सामान्य भन्दा सामान्य उपचार पनि हुन्थो र रगत बग्न मात्र रोक्न सकिएको भए बाच्ने अवस्था थियो।” तर समन्वय गरि उद्धार गर्ने मान्छेको कमीले ढिलासुस्तिका कारण बाच्ने मान्छेको मृत्यु भएको उनले बताए ।रमिता हेर्ने पनि मान्छे नै हुन, घाइते भएका पनि मान्छे नै हुन तर मानवता बिर्सिएर रमिते हुँदा एक युवाले अकालमा ज्यान गुमाएको वैतेश्वरकी गंगा रिमाल बताउँछिन्।एउटा मानव पीडामा छटपटिएर जीवनको भीख माग्दा सबैको रमिता भएछ, दुखाई र पीडामा रोइरहँदा फोटो, सेल्फी अनि भिडियोमा रमाइरहेको दृष्यले नेपाली समाजमा अब साथ सहयोग भन्ने चिज हराएको महशुस गरेको उनले बताइन।मंगलबार दिउँसो करिब साढे १ बजे सिन्धुपाल्चोकको १६ किलोमा बसमा ठोक्किएका मोटरसाइकल चालक विश्वराज श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको थियो । काठमाडौंबाट दोलखा आउँदै गरेको बा ३ ख ५३०८ नम्बरको बसमा दोलखाबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ३(०२(०१३ प ३५८६ नम्बरको मोटरसाइकल बसमा ठोक्किएका थिए। दुर्घटनामा परी मोटरसाइकल चालक श्रेष्ठ गम्भीर घाइते भएका थिए। गम्भीर घाइते उनलाई घटनास्थलबाट ढिला उद्धार गरी उपचारका लागि बीएन्डबी अस्पताल पु¥याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिए । घटना लगत्तै मोटरसाइकललाई ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिइएको छ।