विद्यालय टाढा भएर पढाइ छोडेकी डोल्माले अमेरिकी विश्वविद्यालयबाट पिएचडी गरेपछि!

१२ चैत २०८०, सोमवार राम्रो पोष्ट
राम्रो पोष्ट
१२ चैत २०८०, सोमवार

काठमाडौं । अमेरिका विश्वको पहिलो अर्थतन्त्र भएको देश हो। यो विश्वकै शक्तीशाली छ।
धन कामाउन, अमेरिकन जवनीशैली विताउन पनि विश्वका धेरै देशबाट अमेरिका जान चहानेहरु प्रसस्तै छन्।
यस्तै शिलशिलामा मेलुङ गाउँपालिका वडा नम्बर–४ दोलखाका डोल्मा लामा पनि सन २०१५ मा उच्च शिक्ष अध्ययनको क्रममा अमेरिका पुगेकी थिइन्।
जनजाती तामाङ समुदायबाट संघर्ष गर्दै अघि बढेका उनले हालै अमेरिकन युनिभर्सिटी अफ सोभेररगनबाट विद्यावारिधि गरेकी छिन्। उनले indigenous Women's Reproductive Health
‘आदिवासी महिलाहरु प्रजनन स्वास्थ्य’ सम्बन्धमा विद्यावारिधि गरेकी हुँन्।
आफूपनि जानजाति समुदायको महिला रहेको र जनजाती महिलाहरुले प्रजनका समयमा भोग्ने गरेको दुःख,पीडालाईनै अध्ययनको विषय बनाएको उनले बताइन् ।
अमेरिका देख्न र सोच्नमा सुन्दर लागेपनि अमेरिकामा गरिने संघर्ष कठिन रहेको बताउँदै उनले भनिन् ‘विशेष गरि कोरोनाको समयमा त अध्ययनलाई छोडेर देश फकौँ जस्तो पनि भएका थियो।’ तर जनाजाति महिलाहरुको समस्याको समाधानलाई निचोडमा पुर्याउनुपर्छ भन्ने हुटहुटी मनमा भएकोले पनि आफूले विद्यावारिधि गर्न सफल भएको उनले बताइन्।
घरको एक्लो सन्तान र छोरी भएकै कारण विद्यार्थी जीवनमा आफूले भोगेका दुःख,कष्ट अरु महिलाहरुमा नपरोस भन्नका लागि निकट भविष्यमा नेपालमा समेत केहि गर्ने योजना रहेको उनले बताइन्।
डोल्माले सुर्के मावि खरिढ्ङ्ग भण्डारेबाट २०५५ सालमा एसएलसी पास गरेकी हुँन।
१४/१५ वर्ष पुगेपछि विवहा गर्नुपर्छ र घरको काम सबै छोरीले गर्नुपर्छ भन्ने तामाङ समुदायमा उनलाई त्यसताका पढ्न धेरैनै गाह्रो भएको उनि सुनाउछिन्।
घर नजिकैको प्राथमिक विद्यालय, देवि मावि बोच, पशुपति कन्या मन्दिर चरिकोटदेखि सुर्के मावि खरिढुङ्गासस्मको विद्यालयमा उनले अध्ययन गरेकी थिइन् ।
एसएलसि दिदाँसम्म यति धेरै विद्यालय फेर्नुले पनि उक्त समय आफूलाई पढ्न त्यति सजिलो नभए उनि बताउछिन्। घरबाट विद्यालय टाढा र आउँजाउ गर्न नै दुई देखि तीन घण्टा लाग्थ्यो। गाउँघरमा छोरीलाई पढाउनुहुन्न, घरको काम मात्रै लगाउनुपर्छ, सिकाउनुपर्छ भन्दापनि उनि भगेर पढ्ने गर्थिन। केहि समय त डोल्मा भीमेश्वर नगरपालिका –७ मकैवारीस्थित फूपुको घरमा समेत बसेर पढिन्।
हेरक ठाउँबाट अप्ठेरो पर्दै गएपछि उनले ८ कक्षादेखि एक वर्षसम्म स्कुलनै जान छोडेकी थिइन्। तर डोल्माभित्रको पढाई प्रतिको चाहानालाई रोक्न नसक्दा पुनः स्कुलमा गएर पढने वातावरण बनेको थियो। उनको आमाले छोरीले पढ्नुपर्छ ,जान्ने,बुझ्ने बन्नुपर्छ भन्ने कुराले पनि आफूलाई पढाइमा थप उर्जा मिल्ने गरेको उनि बताउछिन्।
सुर्के माविबाट एसएलसी उतिर्ण गर्दापनि गाउँमा जानजाती समुदायबाट एसएलसि पास गर्ने पहिले महिला बनेकी थिइन् डोल्मा। र हालै विश्वकै एक नम्बरको देश अमेरिकाबाट विद्यावारिरध गरेर जनजाति महिलामात्रै नभई सबै महिलाहरुमाझ उदाहरणीय बनेकी छिन् । धेरैकौ लागि अमेरिका सपनाको कुरा हो। विश्वका शक्तिशाली वैज्ञानिक जस्ता दक्ष जनशक्ति उत्पादन गर्ने देशमा पुगेर पिएचडि गर्नु पनि डोल्माको मात्रै नभएर समग्र देशको सफलता हो भन्छन् प्रेस काउन्सिल नेपालका सदस्य तथा दिग्गज पत्रकार चिरञ्जीवी मास्के। आफूले डोल्मालाई २५ वर्ष भन्दा पहिलेबाट चिनेको बताउँदै पत्रकार मास्केले डोल्माले नेपालका महिलाहरुले अवसर पाए सबै चुनौतीहरु पार गर्दै लक्ष्यमा पुग्न सक्छन् भन्ने सन्देश अमेरिकीमाझ छोडेको बताए।
डोल्माको इच्छ्याशक्ति, आत्माविश्वास अनि सफलताबाट पढ्नको लागि दुःख, बाधा खेपिरहेका नेपालका जनजाती छोरीहरुको लागि उर्जा पक्कै मिल्नेछ ।
क्यालिफोर्निया बसोसा गर्ने डोल्माले कोभिड महामारी पछि पत्रकारिताको माध्यमबाट सुशुचित गर्ने उद्देश्यले द–वर्लड नेपाल न्युज अनलाइन समेत चलाउँदै आईरहेकी छिन् ।