राजेन्द्र मानन्धरको ‘लाइन क्लियर’ भो!

२७ माघ २०८०, शनिवार राम्रो पोष्ट
राम्रो पोष्ट
२७ माघ २०८०, शनिवार
कैलाश लामा
हालै सम्पन्न १० औं जिल्ला अधिवेशनबाट राजेन्द्र मानन्धर दोस्रो पटक एमाले जिल्ला कमिटी दोलखाको उपाध्यक्षमा निर्वाचित भए।
हुन त राजेन्द्र मानन्धर भन्ने बित्तिकै धेरैले ‘पत्रकार’ भनेर चिन्ने गर्छन्। एक समय दोलखा पत्रकारितामा राजेन्द्र मानन्धरको दवदवा भएर पनि होला।
दुई कार्यकाल पत्रकार महासंघ दोलखाका अध्यक्ष समेत भएका भीमेश्वर नगरपालिका वडा नम्बर–३ चरिकोट निवासी मानन्धरले पत्रकारिता छोडेको चाहिँ केही वर्ष मात्रै पुरा हुँदै छ । तर पनि बेलाबेलामा लेख, रचनाहरु आइरने हुँनाले आम मानिसमा उनेल पत्रकारिता छोडेको भान भएको छैन्।
उनि राजनीतिमा सक्रिय भएसंगै पत्रकारिता छोडे पनि अझै केहिले पत्रकारकै रुपमा परिचय गर्न थालेपछि केहि समय अघि ‘बाइबाई पत्रकार’ भनेर पनि लेखे ।
नजिकिँदै गरेको १०औं जिल्ला अधिवेशनमा आफूले पत्रकारिता छोडेर राजनीतिमै लागेको विश्वस दिलाउन पनि उक्त लेख आएको हुनुपर्छ । किनभने उनी यो अधिवेशनबाट पाए अध्यक्ष नभए दोस्रो पटकको लागि पनि एमाले उपाध्यक्षमै चयन हुन चाहन्थे।
लेख मार्फत उनले ‘जुन दिनसम्म सक्रिय पत्रकारितामा रहें त्यसको मर्यादाभित्र बसें । अब राजनीति गर्छु । अब कम्मल ओढेर घिउ खान्न ।’ भनेर प्रतिबद्धता पनि जहेर गरेका थिए।
प्रतिबद्धता जनाएसंगै मानन्धरले १० औं अधिवेशनमा पहिलाको भन्दा बढि लोकप्रिय मत ल्याएर उपाध्यक्ष पदमा निर्वाचित भए।
९ औं जिल्ला अधिवेशनमा भने उनलाई आनन्द पोखरेलको साथ थियो कि जस्तो पनि देखिन्थ्यो ।
पार्वत गुरुङ सञ्चार तथा सूचना प्रविधि मन्त्री हुँदा मानन्धर उनको सचिवालयमा सञ्चार विज्ञ भएर काम गर्थे।
गुरुङ र उनको सबै राम्रो भएपनि ९ औं जिल्ला अधिवेशनमा गुरुङबाट उपाध्यक्ष पदमा समर्थ आउने ग्रीन सिग्नल नपाएपछि उनी आनन्द पोखरेल कित्तामा ढल्केको होकि जस्तो पनि नभएको होइन्।
पार्वत गुरुङका निकटतम मानिनेहरुले मानन्धर बोल्न, लेख्न, योजना तथा रणनीति बनाउन मात्रै सिपालु छन् जनमत खासै छैन् भन्ने कुरा गुरुङलाई सुनाएका पनि हुन सक्छ । त्यसैले गुरुङले मानन्धरलाई त्यसताका उपाध्यक्षमा साथ दिन चाहेनन्।
तर मानन्धरले राम्रो मत ल्याएर गुरुङको सहयोग रहेको उम्मेदवारलाई पछि पार्दै उपाध्यक्षमा निर्वाचित भएपछि गुरुङ पनि झस्किए।
पार्वत गुरुङ र राजेन्द्र मानन्धरमा सबैकुरा राम्रै चल्ने थियो । ९औं अधिवेशनमा मानन्धरले आफूखुशी उपाध्यक्ष पदमा उम्मेदवारी दिँदा पनि गुरुङको रणनीति मानन्धरप्रति खासै आक्रमक देखिएन। गुरुङ समुहका कतिपय जनजाती प्रतिनिधिहरुले त मानन्धरलाई नै मत हालेको भन्ने हल्ला पनि नचलेको होइन्। त्यसैले पनि केही समयपछि गुरुङ र मानन्धर एक भइहाले।
पत्रकारिता पेशामा पनि उनी साच्चै पत्रकारको आभास दिलाउने पत्रकार थिए। उनको फिचर लेख रचना र फोटो खिच्ने शैली लोभलाग्दोनै थियोे ।
भरखरै पत्रकारिता सिक्नेहरुले उनको समाचार पढेर लेख्न सिक्ने पनि गर्थे एक समय ।
पर्खने, हेर्ने र उपयुक्त समयमा फलदायी काम गर्न माहिर मानन्धर पत्रकारितामा जस्तै राजनीतिमा पनि सफल हुँदै गएको कुरा १०औं अधिवेशनको मत परिणामले प्रष्ट पारेको छ।
यो अधिवेशनमा नर श्रेष्ठ प्यानलका मानन्धर उपाध्यक्षमा निर्वाचित भएका छन् । आफ्नो जीतमा उनले ३३६ मत प्राप्त गरेका थिए। त्यसैगरी ९औं जिल्ला अधिवेशनमा मानन्धरले २७४ प्राप्त गरेर उपाध्यक्षमा निर्वार्चित भएका थिए। ९औंबाट १०औंमा आइपुग्दा उनले ६२ मत बढि ल्याएका छन्।
दोस्रोपटक अध्यक्षमा निवार्चित नरबहादुर श्रेष्ठको अघिल्लो निर्वानको तुलमा मत घटेको अवस्थामा मानन्धरको मत बढ्नुमा उनको आगामी राजनीतिक यात्रामा थप सहजताको संकेत पक्का हो।
निर्वाचनको क्रममा दुई कित्तामा विभाजित दोलखा एमालेमा मानन्धरलाई हाल पार्टीको पोलिटब्युरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज पार्वत गुरुङको समर्थन रहेको थियो ।
पार्टीको पोलिटब्युरो सदस्य एवं काठमाडौँ जिल्ला इन्चार्ज आनन्द प्रसाद पोखरेलको समर्थन रहेकाहरु एउटा उप–सचिवमा भन्दा अरुमा अटाउन सकेनन् ।
पदाधिकारी र जिल्ला कमिटी सदस्य प्राय गुरुङ पक्षकै भएपछि अब एमाले दोलखामा गुरुङको सबै नचल्ला भन्न सकिन्न ।
यतिखेर जिल्लाका चर्चित नेताहरुपनि गुरुङकै साथमा छन्।
हालै सम्पन्न अधिवेशनले कहिले पोखरेल कहिले गुरुङको कित्तामा उभिएर सुसेल्नेहरु पनि एकै ठाउँमा स्थिर हुन शन्देस प्रवाह गरेको छ ।
यो अवस्थामा गुरुङ समुले दुई पटकसम्म अध्यक्ष पदमा अघि सारेका नरबहादुर श्रेष्ठलाई तेस्रोपटक अध्यक्ष बनाउने पक्षमा सम्भावना कम देखिन्छ भने गुरुङ समुहकै प्रस्तावलाई स्विकारे दोस्रोपटक पनि उपाध्यक्षमै चित्त बुझाएका राजेन्द्र मानन्धर नेकपा एमालेको ११औं जिल्ला अधिवेशनमा अध्यक्षको उम्मेदवार हुने सम्भावना बढि देखिन्छ।
हुन त १०औं अधिवेशनमा गुरुङकै समर्थनमा जिल्ला कमिटीको सचिवमा निर्वाचित सोयम बहादुर खड्कालाई पनि अध्यक्षमा अघि नसार्लन भन्न सकिन्न । उनी पनि दोलखा उत्तरको लोकप्रिय विकास प्रेमी र मिष्ठभाषी नेताको रुपमा परिचित छन् भने पार्वत गुरुङको निकटतम पनि मानिन्छ ।
तर गुरुङले मानन्धरसामु अर्को दोस्रो गल्ती नगर्ने सम्भावना बढि छ।
जनजाति समुदायको बाहुल्यतामाझ कुशल संगठक र सबैलाई मिलाएर लान सक्ने खुवि भएका राजेन्द्र मानन्धर नै ११ औं अधिवेशनमा अध्यक्षको उम्मेदवार हुने ‘लाइन क्लियर’ छ भन्दा फरक नपर्ला।