डिम्याट खाता नभएका दोलखालीलाई अप्पर तामाकोसीको हकप्रद शेयरबाट बञ्चित नगरौं

१० साउन २०८०, बुधवार राम्रो पोष्ट
राम्रो पोष्ट
१० साउन २०८०, बुधवार

दोलखा। नेकपा एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धरले अप्पर तामाकोसीको डिम्याट खाता नभएका दोलखालीलाई हकप्रद शेयरबाट बञ्चित गराउँन नहुँने बताएका छन्। मंगलबार दोलखाको चरिकोटमा आयोजित माथिल्लो तामाकोसी हाइड्रोपावर कम्पनीको हकप्रद सेयर सम्बन्धको कार्यक्रममा उनले सो कुरा बताएका हुँन।"सेयर कारोबारमा Demat Account अनिवार्य छ तर, माथिल्लो तामाकोसी हाइड्रोपावरको Right Share का लागि Demat खाता नभएमा बञ्चित गराउने नीतिलाई परिमार्जन गरौ ।" उनले भने, "तामाकोसीले प्रभावित जिल्लावासीलाई १० प्रतिशत सेयर सुनिश्चित गर्ने कानुन निर्माणका लागि बाध्य बनाएको थियो, त्यसलाई नभुलौ।"
जनताले अधिकारको रूपमा पाएको जलविद्युतको सेयरमा सहजता हुने कानुन बनाउन आनाकानी गर्न नहुँने बताउँदै उनले भने १० प्रतिशत सेयर सुनिश्चितताका लागि निती अंगिकार गर्न बाध्य भएको धितोपत्र बोर्डले जलविद्युत प्रभावित जिल्लावासीलाई थप सेयर हाल्न सक्ने व्यवस्था किन गर्न सक्दैन ? सक्छ भने, तामाकोसीमा जारी गर्न लागेको हकप्रद सेयरमा मनग्ये थप्न सक्ने अवसर दिने बाटो खोजौ। तत्कालै नसकिए पनि जलविद्युत क्षेत्रमा तउक्त नीति अवलम्बन गर्नुपर्छ।
"जनताको पानी, जलविद्युतमा लगानीको अनुभूत गराउन जनताको लागि कानुन संशोधन जरुरत परे गरौ। प्रभावित क्षेत्रका वासिन्दाको अधिकारलाई अप्ठ्यारो पार्ने काम कसैले नगरौं ।"उनले भने।
जनताको सेयरको सुनिश्चित गर्ने काम तामाकोसी कम्पनीले गर्नुपर्ने माग गर्दै उपाध्यक्ष मानन्धरले
धितोपत्र बोर्डले कानुनी अड्चन र अप्ठ्यारोलाई सहज गर्न पहल गर्ने र Dmate तथा अन्य कार्यमा सहज गर्ने काम issue manager गर्नेहरू, Broker र बैकहरूले गर्दा हाल देखिएका समस्या हट्नमा आफू विश्वस्त रहेको बताए।
Demate खाता सम्बन्धमा स्थानीय सरकारहरूले सहयोग गर्ने प्रतिवद्दता गरिरहँदा Demate खाता खोल्न दोलखाको प्रत्येक वडामा अभियान चलाउनुपर्नेमा उनले जोड दिए।
"सबैको सहयोगमा जिम्मेवारी लिने सनराईज क्यापिटलले व्यवस्थापन गरौ । बैंकहरूले सहयोग गरौँ । राजनीति दलहरूले सघाओैं ।" उनले भने।दोलखाका अग्रज पत्रकार मानन्धर पछिल्लो समय राजनीतिमा सक्रिय छन्।
१० अर्ब ५९ करोड रुपैयाँको हकप्रद निष्कासन गर्दै:
स्वदेशी लगानीमा बनेको बहुचर्चित माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्दै छ।
१० अर्ब ५९ करोड रुपैयाँको हकप्रद निष्कासन गर्ने तयारीमा रहेकाको कम्पनीमा प्रत्येक एक कित्ता हुने सेयरधनीले सोही बराबर हकप्रदका लागि आवेदन दिन मिल्नेछ।
हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ छ। कम्पनीले कायम सो चुक्ता पुँजी बराबरको हकप्रद जारी गर्ने तयारी गरेको छ। हकप्रद बिक्री गरेपछि कम्पनीको चुक्ता पुँजीको आकार २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ।
हकप्रदको रकम अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले सहायक आयोजना रोल्वालिङ खोला जलविद्युत आयोजना निर्माणमा खर्च गर्नेछ।
करिब चार वर्षमा निर्माण सक्ने लक्ष्य राखिएको रोल्वालिङ निर्माणका लागि करिब ८ अर्ब रुपैयाँ लाग्ने अनुमान छ।