स्याङ्जा समाज जापानमा वेद कार्कीको अध्यक्षतमा नयाँ कार्यसमिति



टोकियो। स्याङ्जा समाज जापानको अध्यक्षमा वेद कार्की सर्वसम्मत चयन भएका छन्।
अइतबार टोकियोमा भएको सातौं महाधिवेशनले कार्कीको अध्यक्षतमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
समाजका वरिष्ठ उपाध्यक्षमा दीपक न्यौपाने, उपाध्यक्षहरूमा मनोज अधिकारी, मणि भट्टराई र मित्र सिद्देल चयन भएको निर्वाचन कमिटिका संयोजक जीवन न्यौपानेले जानकारी दिनुभयो।
उहाँका अनुसार समाजको महासचिवमा सागर न्यौपाने, सह–चिवमा मिलन अर्याल कोषाध्यक्षमा सरस्वती (सारा) श्रेष्ठ र सह–कोषाध्यक्षमा विनय क्षेत्री चयन भएका छन्।
समाजको सदस्यहरुमा सुरेश झावली, रामु बस्याल, खगेन्द्र भण्डारी, राधिक पाण्डे, केविन भट्टराई, कल्पना रोका(खड्का),बुद्धि सागर पाण्डे, प्रकाश भुजेल, अमित गौतम, प्रदिप थापा, कमल लम्साल र विवेक बस्याल रहेका छ।
स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रीय समन्वय समितिका अध्यक्ष बीरेंद्र जंग के.सीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समाजको प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन सार्वजनिक गरिनुका साथै सांकृतिक कार्यक्रम भएको नवनिर्वाचित कोषाध्यक्ष सरस्वती (सारा) श्रेष्ठले जानकार दिनुभयो ।
सन २०१२ मा स्थापना भएको याङ्जा समाज जापानमा हाल २५० जना आजीवन सदस्य र ५० जना भन्दा बढि साधारण सदस्यहरु आवद्ध छन्।