जापानमा फुलटाइमर कामदार अभाव उच्च, अप्रिलदेखि ज्याला बढाउँदै

२६ फागुन २०८१, सोमवार राम्रो पोष्ट
राम्रो पोष्ट
२६ फागुन २०८१, सोमवार

टोकियो। जापानका निजी क्षेत्रका उद्योग तथा फर्महरुमा पूर्ण समय कामदारहरुको अभाव तीव्र भएको छ। 

यहाँका आधाभन्दा बढि फर्महरुमा कोभिड –१९ महामारी पछिकै सबैभन्दा बढी कामदार अभाव भएको हो।

कामदार अभाव अप्रिल २०२० यताकै उच्च र नोभेम्बर २०१८ को ५३ दशमलब ९ प्रतिशत नजिक रहेको टेकोकु डाटाबैंक लिमिटेडले जनाएको छ। 

गत जनवरीको एक सर्वेक्षण अनुसार ११ हजार कम्पनीहरू मध्ये ५३ दशमलब ४ प्रतिशत कम्पनीहरुले थप पूर्ण–समय कामदार चाहिने बताएका थिए।

विषेशगरि सूचना सेवा तथा निर्माण क्षेत्रमा इन्जिनियरहरुको अभाव रहेको पाइएको छ।

त्यसैगरि सर्वेक्षणले ३० दशमलब ६ प्रतिशत फर्महरूमा अंशकालिक (पार्ट–टाइम) कामदारहरूको अभाव रहेको पनि पत्ता लगाएको छ।

पार्ट–टाइम कामदारहरूको सबैभन्दा बढि अभाव जपानका रेस्टुरेन्टहरुमा देखिएको छ।

अर्थशास्त्रीहरूले गत वर्ष देखेको मजबुत ज्याला वृद्धिले निरन्तरता पाउने हो कि भनेर नजिकबाट ट्याब राख्ने क्रममा सर्वेक्षण आएको हो। 

ठूला जापानी फर्महरूले चाँडैनै यस महिनाको अन्त्यसम्ममा आफ्नो वार्षिक “शुन्टो“ वार्तालाई समेट्दै, आफ्ना श्रमिक युनियनहरूको तलब वृद्धिको मागको प्रतिक्रियाको निर्णय गर्नेछन्।

श्रम अभावबाट प्रभावित करिब ६८.१ प्रतिशत फर्महरूले आर्थिक २०२५ को अप्रिलदेखि पूर्ण–समय कामदारहरूको ज्याला बढाउने योजना समेत बनाएका छन्।

अनुसन्धान संस्थानका अनुसार आवश्यक कामदारहरूलाई सुरक्षित राख्न र कायम राख्न ज्याला बढाउन लागेको हो।

.