चौथौं तमु धीं जापान रनिङ कप फुटसल प्रतियोगिता हुँदै, विजेतालाई नगद ४ लाख पुरस्कार



टोकियो। जापानमा चौथौं तमु धीं जापान रनिङ कप फुटसल प्रतियोगिता २०२५ हुँने भएको छ ।
नयाँ वर्ष २०८२ सालको अवसरमा तमु धीं जापानको आयोजनामा चौथौं तमु धीं जापान रनिङ कप फुटसल प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिता अप्रिल २० तारिक आईतबार चिबाको किता–कोगाने स्थित ‘जेट फुटसल स्पोर्ट नागारेया’मा हुँने एनआरएन जापानका कार्यसमिति सदस्य विनय गुरुङले जानकारी दिए।
उनका अनुसार खेलको विजेता टिमले ४ लाख यन नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।
त्यसैगरी खेलको उपविजेता टिमले २ लाख नगद सहित ट्रफी, मेडल र प्रमाण पउने छन्। र खेलको सेमिफाइनलमा पुग्ने टिमले ५० हजार यन पाउनेछन्।
वेस्ट खेलाडी, वेस्ट किपर र वेस्ट डिफेन्सलाई समेत पाँच हजार यन नगद सहित ट्रफी र प्रमाणपत्रले सम्मान गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
जापानका इच्छुक क्रियाशील टिमले खेलमा सहभागी हुन पाउँने छन् भने टिम दर्ताको लागि ४१ हजार जापानी यन दस्तुर लाग्नेछ । टिम दर्ता अप्रिल १२ सम्म गरिसक्नुपर्ने बताइएको छ।