जापानमा नेपालीको संख्या बढेसंगै पारिवारिक समस्या बढ्दो, श्रीमान एकातिर, श्रीमती अर्को तिर



टोकियो। जापानमा पछिल्लो समय नेपालीहरुको संख्या बढेसंगै पारिवारिक समस्या पनि बढ्दै गएको पाइएको छ ।
नेपालीहरु समुदायमा यतिखेर मादकपदार्थ सेवन र श्रीमान/श्रीमतीबीचको झैझगडा बढ्दो समस्याको रुपमा देखा परेको हो।
एनआरएन जापानमा नेपालीहरूको आउने समस्या मध्य सबै भन्दा धेरै आउने केस नै पारिवारिक रहेको एनआरएनए जापनका उपाध्यक्ष सिद्धार्थ श्रेष्ठ बताउँहुन्छ।
दैनिक २/३ वटा पारिवारिक समस्या नआएको दिन नभएको बताउँदै उनले भने ''एनआरएनले गर्न सक्ने भनेको आपासी समझदारीमा सम्झाई बुझाई मिलाउने प्रयास मात्रै हो, कति मिल्छ कति मिल्दैन।''
पारिवारिक झैझगडाको बिषयमा जापान प्रहरीले पनि धेरैलाई कानुनी उपचारका लागि अदालत जान वा आफ्नै देसमा केस गर्न सुझाब दिने गरेको छ।
हातपात जिऊँज्यानको सुरक्षाको केसमा भने जापान प्रहरीले संरक्षण गरेर राखेका महिलाहरु धेरै रहेको उपाध्यक्ष श्रेष्ठ बताउँनुहुन्छ ।
‘जापानमा केही नेपालीहरु यत हरिप भएका छन् जस्का लागि दैव पनि डराउनु परेको छ।’ उनले भने,‘सासु ससुरालाई पनि मनपरी बोल्ने, सम्झाएउँदा पनि नसम्झनेहरू छन।’
दैनिक यस्ता समस्या आउँदा जापानमा नेपालीको बदनाम संगै थप चिन्ताको विषय बनेको छ।
जापानामा हाल दुई लाख भन्दा बढि नेपालीहरु छन्। विद्यार्थी, डिपिन्डेन्ट, कुक, नर्सिङ केयर तथा विभिन्न क्षेत्रमा कामदारको रुपमा नेपालीहरु जापानमा बसोबास गरिरहेका छन्।
तर नेपाली समुदायमा यतिखेर श्रीमान/श्रीमतीबीचको झैझगडा बढ्दो समस्याको रुपमा देखा परेको छ। केटा अर्को केटी लिएर बस्ने वा केटी अर्कै केटासंग बस्ने जस्ता समस्याले बालबालिकाको भविष्य समेत जोखिमा परेको उपाध्यक्ष श्रेष्ठ बताउँनुहुन्छ।
त्यसैगरि कतिपय युवाहरु जापानी महिलाहरुलाई दुव्र्यवहार गरेको आरोपमा कानुनी झमेलामा फसेको छ भन्, नेपाली होटलका कामदारहरुलाई तलव नदिने लगाएतको केस पनि दिनप्रतिदिन बढ्दै गएको पाइएको छ।