क्यान्सर उपचार सफलता नजिक: बेलायतमा क्यान्सर विरुद्धको खोपको परीक्षण सुरु

२२ माघ २०८०, सोमवार राम्रो पोष्ट
राम्रो पोष्ट
२२ माघ २०८०, सोमवार


लन्डन । बेलायतमा क्यान्सर विरुद्धको खोपको परीक्षण सुरु भएको छ।
क्यान्सरका बिरामीहरू क्यान्सर विरोधी खोपको विश्वव्यापी परीक्षणमा सहभागी भएसंगै खोप परिक्षण सुरु भएको हो।
यसमा सहभागी बिरामीहरूले शरीरमा रहेका क्यान्सरका कोष पहिचान गर्न र ती कोषविरुद्ध लड्न सक्ने खोप लगाउनेछन् ।
इम्पेरियल कलेज हेल्थकेयर एनएचएस ट्रस्टमा मेलानोमा भएका एकजना ८१ वर्षीय पुरुषलाई एमआरएनए–४३५९ नाम गरेको यो खोप लगाइएको छ ।
यो परीक्षणमा खोपको सुरक्षा अनि मेलानोमा, फोक्सो क्यान्सर र अन्य ट्युमर क्यान्सरविरुद्ध खोप कत्तिको प्रभावकारी हुन्छ भनेर हेरिनेछ ।
यो खोपको लक्ष्य प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउनु र क्यान्सरका विरुद्ध लड्ने बनाउनु रहेको छ । शुरुवाती चरणमा परीक्षणको उद्देश्य क्यान्सरको उपचारमा अहिले प्रयोग भइरहेका औषधि प्रेम्ब्रोलाएजुम्याबसँग खोपलाई मिलाएर वा एक्लै प्रयोग गर्दाको सुरक्षा र एमआरएनए थेरापीको सहनताको मूल्याङ्कन गर्नु भएको बताइएको छ ।
यो खोप अमेरिकी फर्मा कम्पनी मोडेर्नाले निर्माण गरेको हो ।