नासाको क्रू-१० टिम अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) पुग्यो, सुनिता र बैरीलाई पृथ्वीमा फर्काइदै
३ चैत २०८१, आइतवार
राम्रो पोष्ट

-thumb_840_560.jpg)

काठमाडौं। अन्तरिक्षमा फसेका अन्तरिक्षयात्री सुनिता विलियम्स र बैरी विल्मोर केही दिनमै पृथ्वीमा फर्कने भएको छ।
नासाको क्रू-१० टिम अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) पुगेसंगै उनिहरुलाई पृथ्वीमा फर्कने निश्चित भएको हो
टोलीमा नासाका एनी म्याकक्लेन र निकोल एयर्स, जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सीका ताकुया ओनिशी तथा रसियाको अन्तरिक्ष संस्था रोसकोस्मसका अन्तरिक्षयात्री किरिल पेस्कोभ सम्मिलित छन्।
यो टोली सुनिता र बैरी रहेको स्थानमा पुग्नेछ । स्पेसक्राफ्ट ‘क्रू ड्र्यागन’ अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रसँग सम्पर्कमा पुगिसकेको छ ।
यसैबीच, स्पेसएक्सका एलन मस्कले आफ्नो एक्स पोस्टमा लेखेका छन्, ‘स्पेसएक्स ड्र्यागन केही दिनभित्र अन्तरिक्षयात्रीहरूलाई सुरक्षित फर्काउनेछ।’