अमेरिकि दुताबास ले थप्यो EDV फारम भर्ने म्याद, नोभेम्बर 7 सम्म भर्न सकिने

१९ कार्तिक २०८१, सोमवार भीमसेन श्रेष्ठ
भीमसेन श्रेष्ठ
१९ कार्तिक २०८१, सोमवार

चरिकोट । अमेरिकाले नेपालीहरुलाई स्थायी बसोबासका लागि लैजाने डाइभर्सिटी भिसा ईडिभि फारम भर्ने म्याद थपेको छ । सन् २०२६ को इडिभि कार्यक्रमका लागि आवेदन फारम भर्न 2 दिन को म्याद थपेको हो । अमेरिकी दूतावासका अनुसार अब EDV नोभेम्बर 7  राति ९ः४५ सम्म भर्न सकिनेछ ।

 

आवेदनका लागि अमेरीकी राजदुतावासको आधिकारीक वेभसाईट dvprogram.state.gov मा गई आफ्नो व्यक्तिगत विवरणहरु तथा फोटोको प्रक्रियाहरु पुरा गरी फारम भर्न सकिन्छ । फारम भर्नको लागि 2x2 साईजको सफा फोटो आफ्नो व्यक्तिगत विवरणहरु, विवाहित आवेदकको हकमा श्रीमान तथा श्रीमतीको नाम र बालबच्चा को नाम र फोटो समेत अनिवार्य समावेस गर्नुपर्ने हुन्छ ।

 

दूतावास का अनुसार  डिभी कार्यक्रमबाट बिजेता  निष्पक्ष रूपमा छनोट हुनेछन ।