क्यानडा कार दुर्घटनामा सुशील भट्टाराई र पासाङ डोमा शेर्पाको मुत्यु

२ फागुन २०८०, बुधवार राम्रो पोष्ट
राम्रो पोष्ट
२ फागुन २०८०, बुधवार

काठमाडौं—क्यानाडाको अन्टारियो प्रान्तस्थित लण्डन शहरमा मंगलबार भएको कार दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ।
दुर्घटनामा परेर मृत्यु हुनेमा सिन्धुपाल्चोकका सुशील भट्टराई र सोलुखुम्बुकी पासाङ डोमा शेर्पा रहेको खुल्न आएको छ।
ज्यान गुमाउनेहरू अध्ययनका लागि क्यानाडा पुगेका थिए। उनीहरु स्थानीय एक कम्पनीमा पार्टटाइम समय काम गर्दै आएका थिए ।
सिटीभीका अनुसार स्टाडफोर्ड, अन्टारियोको एक मोटर पार्टस् निर्माण गर्ने कम्पनीमा बिहानको सिफ्टमा काम गर्न जाँदै गरेका उनीहरू दुर्घटनामा परेका थिए । दुर्घटनामा कार चालक मधु थापा, हिरामणि गौतम, जुना लामा, अर्का कारका चालक सुजन थापा, सोभित पचाभाइ, निलम घले र देबकी जोशी घाइते भएका छन्।
उनीहरूको स्थानीय अस्पतालमा उपचार गरिएको छ ।अन्टारियो प्रान्तको दक्षिणपश्चिमी शहर लण्डनमा तीनवटा कार आपसमा ठोक्किएर दुर्घटना भएको थियो। त्यस क्रममा विपरीत दिशाबाट आएको कारसँग पहिलो कार जुधेको र त्यो कारलाई पछ्याउँदै गइहेको अर्को कार पहिलो कारसँग ठोक्किन पुगेको थियो।
मृतकको शव नेपाल पठाउनेबारे छलफल भइरहेको जनाइएको छ ।