प्रजातन्त्र दिवसको अवसरमा जापानमा कांग्रेसले गरे रक्तदान कार्यक्रम

९ फागुन २०८०, बुधवार राम्रो पोष्ट
राम्रो पोष्ट
९ फागुन २०८०, बुधवार

टोकियो । फागुन ७ को प्रजातन्त्र दिवसको अवसरमा जापानमा रक्तदान कार्यक्रम गरिएको छ ।
नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाली जनसम्पर्क अन्तरिम केन्द्रीय समिति जापानको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो ।
टोकियो आकियाबाराको रेडक्रससंग समन्वय गरि गरेको कार्यक्रममा ४७ जनाले रक्तदान गरेको जनसम्पर्क समितिका महामन्त्री शम्भु केसीले जानकारी दिए ।
दिउँसो १२ बजेदेखि अपराह्न ४ बजेसम्म भएको रक्तदान कार्यक्रममा जापानमा बसोबास गर्ने विभिन्न संघसंस्थामा आबद्ध नेपालीहरुको सहभागी रहेको थियो।
त्यसैगरी नेपाली जनसम्पर्क समितिले साझ ६ बजेदेखि ८ बजेसम्म शुभकामना आदानप्रदान कार्यक्रम राखेका थिए।
नेपाली जनसम्पर्क समिति जापानका सभापति डिका कार्कीको सभापतित्वमा सम्पन्न शुभकामना आदनप्रदान कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका नेता तथा पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरे, विशिष्ट अतिथि गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष बद्री केसीको उपस्थिति थियो।
त्यसैगरी विशिष्ट अतिथिहरु गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदकाका उपाध्यक्ष रोविन शेरचन, सचिव पारसमणि पोखरेल लगाएत पदाधिकारीका साथै अतिथिहरु नेपाली कांग्रेस १४ औँ महाधिवेशन प्रतिनिधिहरु बाबुराम सापकोटा, कपिलदेव थापा लगाएतको उपस्थिति थियो।
शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष बद्री केसीले निर्वाचनको नतिजा सबैले मान्नुपर्नेमा जोड दिए। निर्वाचन नमाने संस्थाप्रतिको भरोसा गुम्ने बताउदै उनले भने ‘गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदलाई बदनाम हुनबाट जोगाउँदै विश्वमा छरिएर रहेका नेपालीहरुको हकहितमा हुने काम गर्न लाग्नुपर्छ।’
देशमा बिग्रदो राजनीतिक अवस्थालाई सुधार्दै लैजानुपर्नेमा जोड दिँदै प्रमुख अतिथि घिमिरेले गैरआवासीय नेपाली संघसंस्थाले पनि नेपालको विकासमा साथसहयोग गर्नुपर्ने बताए।

.