नेपाल हर्ब्स तथा हर्बल उत्पादक संघको अध्यक्षमा सरस्वती राई चयन



काठमाडौं । नेपाल हर्ब्स तथा हर्बल उत्पादक संघ(NEHHPA) को अध्यक्षमा सरस्वती राई चयन भएकी छिन् ।
सोमबार काठमाडौंमा सम्पन्न संघको १८ औ बार्षिक साधारण सभाबाट राई सर्बसम्मत रूपमा अध्यक्ष पदमा चयन भएकी हुँन्।
नवनिर्वाचित अध्यक्ष राइले नपालको जडिबुटीजन्य उत्पादन विश्व बजारमा पुर्याउन आफ्नो महत्त्वपूर्ण भूमिका रहने बताइन्।
उनले जडीबुटीजन्य व्यवसायीले लगानीमैत्री नीति, सीप विकास, जडीबुटीखेतीको बिस्तार, व्यापार मेला, प्रविधि हस्तान्तरण, अन्तर्राष्ट्रियस्तरको प्रयोगशाला, अर्गानिक प्रमाणीकरण, बजारीकरण, अनुसन्धान, विद्युतीय कारोबार, कार्गाे भाडादरलगायतका व्यवसायसँग जेलिएका विषयवस्तुको ध्यानाकर्षण गर्दै लगानीमैत्री वातावरणका लागि सरकारसँग अनुरोध गरेकि छिन्।
राई हिमालय बायो ट्रेडकी सञ्चालक हुन्। हिमालयन बायो पियोर एण्ड नेचुरलले करिब ३० वर्षदेखि हिमाली क्षेत्रको जडिबुटी र सुगन्धित वनस्पतिबाट उत्पादित सुगन्धित तेल, चिउरीको घिउ, टिमुर, मसला, हाते कागज, साबुन, मसाज तेल लगाएतका ५० भन्दा बढि अर्गानिक उत्पादन गर्दै आएको छ।
नेपालको दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सोलुखुम्बु, हुम्ला, जुम्ला, बझाङ, बाजुरा संखुवासभा लगाएत ४० भन्दा बढि जिल्लामा सुगन्धित तेल उत्पादन गरि बनाइएका सामाग्रीहरु विदेश निर्यात हुँदै आएपनि हाल नेपाली बजारमा समेत पाइन्छ।
उत्पादन अमेरिका, जापन, बेलायत, चिन, युरोप लगाएतका २० भन्दा बढि विकसित देशहरुको ६० भन्दा बढि कम्पनीमा निर्यात हुने गरेको छ।
सुरुमा हिमाली जिल्ला दोलखाबाट सुरु गरिएको जडिबुटी तथा सुगन्धित बनस्पतिहरुको संकलन हाल देश भरका हिमाली जिल्लाबाट संकलन हुने गर्दछ ।
"समुदायको उत्पादन तपाईंको हातमा, तपाईंको पैसा समुदायमा" भन्ने मुल उदेश्यका साथ स्थापित यस कम्पनीले देशमा धेरैलाई रोजगारी दिएका छन् भने विदेशी रकम नेपाल भित्र्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ।