७२ औं मिनेटसम्म अग्रता लिएको नेपाललाई हराउँदै जोर्डन च्याम्पियन
काठमाडौं । पेनाल्टी सुटआउटमा नेपाललाई हराउँदै वाफ वुमन्स च्याम्पियनसिपको उपाधि जोर्डनले जितेको छ।
साउदी अरबमा भएको वाफ वुमन्स च्याम्पियनसिपमा नेपाललाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले हराउँदै जोर्डनले प्रतियोगिताको उपाधि जितेको हो ।
नेपाल र जोर्डन बीच निकैनै प्रतिस्पर्धात्मक तरिकामा भएको खेल निर्धारित समयमा खेल २–२ गोलको बराबरीमा सकिएको थियो ।
खेलको २९ औं मिनेटमा सविता राना मगरले गरेको गोलसंगै नेपालले पहिलो हाफ कटाएर ७२ औं मिनेटसम्म अग्रता लिएको थियो।
जोर्डनका लागि ७३ औं मिनेटमा लाना फिरसले बराबरी गोल फर्काएकी थिईन् ।
निर्धारित समयको खेल सकिन एक मिनेट अघि जोर्डनकी अबु सब्बाले गोल गर्दै टोलीलाई जितको नजिक पुर्याएकी थिईन् तर इन्जुरी समयमा प्राप्त पेनाल्टीमा गिता रानाले गोल गर्दै खेललाई पेनाल्टी सुटआउटमा धलेलिन् ।
पेनाल्टी सुटआउटमा अमृता जैशीले गोल गर्न नसकेपछि उपाधि जोर्डनले जितेको हो ।
मुख्य फरवार्ड सावित्रा भण्डारी बिना मैदान उत्रिएको नेपालले पहिलो हाफमा जोर्डनविरुद्ध उत्कृष्ट प्रर्दशन गरेपनि दोस्रो हाफमा लय बिगारेको थियो ।
फाइनल खेलमा समेत समूह चरण र सेमिफाइनलमा जस्तै शानदार प्रदर्शन गरेका नेपाल पेनाल्टी सुटआउटमा चुकेपछि उपाधि जित्नबाट चुकेको छ।