ग्रेटर नेपालको नक्साबारे अभिनेता दीपक भन्छन्- भुईँको टिप्न नखोजौँ, भएकोलाई जोगाऔँ

२९ जेठ २०८०, सोमवार राम्रो पोष्ट
राम्रो पोष्ट
२९ जेठ २०८०, सोमवार

काठमाडौं । अभिनेता दीपकराज गिरीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र अन्य नेतालाई कटाक्ष गरेका छन् । मेयर शाहले कार्यकक्षमा सुगौली सन्धि हुनुअघिको नक्सा झुण्डाएपछि अभिनेता गिरीले यस्तो कटाक्ष गरेका हुन् ।

 

उनि सामाजिक सञ्जालमा लेख्छन्, ‘अहिलेको सानो नेपाल त राम्रोसँग चलाउन नसकेर यो गति छ । यति ठूलो भा भए के गर्थे होलान् रु भुईंको टिप्न नखोजौं, भएकोलाई जोगाऔं ।’ समय र सन्दर्भ हेर्दा गिरीको यो कटाक्ष बालेनतर्फ सोझिएको देखिन्छ । उनले नामै नखुलाए पनि यो अभिव्यक्ति त्यतै सोझिएको बुझ्न कठिन छैन ।

 

मेयर शाहले कार्यकक्षमा सुगौली सन्धि हुनुअघिको नक्सा झुण्डाएपछि सामाजिक सञ्जालका भित्ता समेत ग्रेटर नेपालको नक्साले रंगिएका छन् ।
अहिले एकाएक ‘ग्रेटर नेपाल’को चर्चा छ ।