जापानमा फेब्रुअरी ११,आइतबार तामाङ ल्होछार मनाइदै

२४ माघ २०८०, बुधवार राम्रो पोष्ट
राम्रो पोष्ट
२४ माघ २०८०, बुधवार

टोकीयो । जापनमा फेब्रुअरी ११ तारिख आइतबार तामाङ ल्होछार पर्व मनाउने भएको छ।
नेपाल तामाङ समाज, जापान केन्द्रीय कार्यसमितिको आयोजनामा नेपालका तामाङ राष्ट्रिय कलाकारहरुको साथमा तामाङ ल्होछार मनाउन लागेको हो।
प्रवासमा रहेर आफ्नो भाषा, धर्म, परम्परा, संस्कार, संस्कृति र पहिचानलाई जगेर्ना गर्ने उदेश्यले मञ्जुश्री सम्वत २८६०औ सोनाम ल्होछार (डुक ल्हो / ड्राइगन वर्ष) नेपाली तामाङ समुदायको महान राष्ट्रिय पर्वलाई नेपालबाट आमणत्रीत अथिती कलाकार र स्थानीय कलाकारहरुको साथमा मनाउन लागेको नेपाल तामाङ समाज, जापानका अध्यक्ष कारसाङ तामाङले जानकारी दिए।
११ फेब्रूवरी आइतबार जापानको टोक्यो स्थित WARP Shinjuku मा संस्थागत रुपमा मनाउने निर्णय भएको उनले बताए।
कार्यक्रममा जापानमा विभिन्न पेशागत रुपमा रहेका व्यावसायी, कलाकार, पत्रकार, बुद्धिजीवी, विद्यार्थी वर्ग लगायत सम्पुर्ण नेपालीहरुलाई आमन्त्रण समेत गरेको छ।
तामाङ समुदायले हरेक नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछार पर्व मनाउछ।  देश विदेशमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

.