राष्ट्र संकटमा उभिएको कांग्रेस सभापति देउवाको जिकिर

७ पुष २०८०, शनिवार राम्रो पोष्ट
राम्रो पोष्ट
७ पुष २०८०, शनिवार

काठमाडौ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेबहादुर देउवाले राष्ट्र संकटपूर्ण अवस्थामा उभिएको बताएका छन्।
शनिवार पार्टीको वागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनेले राष्ट्र दोधार अनि संकटमा उभिएको दाबी गरेका हुन।
"अहिले राष्ट्र एउटा दोधारमा उभिएको छ, राष्ट्र एउटा संकटमा उभिएको छ ।" उनले भने, "अहिलेको बेला हामी सबैले मिलेर काँग्रेसले खासगरी नेतृत्वदायी भूमिकामा बसेर हामीले नेपाललाई जो अहिले समावेशी, समानुपातिकसहितको गणतान्त्रिक लोकतान्त्रिक व्यवस्था हामीले नेपालमा स्थापित गरेका छौँ । यो अत्यन्तै महत्वपूर्ण कुरा हो । यद्यपि यो समानुपातिक समावेशीको कारणले सम्पूर्ण नेपालीहरु आदिवासी, जनजाति, दलित, अपाङ्ग सबैको प्रतिनिधित्व हुने व्यवस्था स्थापित गरेका छौँ । यो वास्तवमा सबैको समावेशितामा आधारित व्यवस्था हो । त्यसैकारण यो व्यवस्थामा कुनै पनि पार्टीको बहुमत आउने सम्भावना रहँदैन, तर सबै साथीहरुको सहयोगले यो पार्टी सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको छ । तर यो पार्टीलाई अझै सुदृढ गर्दै यसलाई ग्रास लेभलबाटै यो पार्टीलाई पूर्ण रुपमा प्रतिबद्ध गराई बलियो बनाउन लाग्नुपर्छ ।’’
सभापति देउवाले अहिलेको बेला सबैले मिलेर र खासगरी काँग्रेसले नेतृत्वदायी भूमिकामा बसेर काम गर्न जरुरी रहेको बताए। उनले गणतान्त्रिक लोकतान्त्रिक व्यवस्था महत्वपूर्ण भएको बताउँदै यो व्यवस्था समावेशितामा आधारित व्यवस्था भएको चर्चा गरे।