मेलुङ गाउँपालिकाले थाल्यो "लम्पी स्किन"को स्थलगत उपचार

२७ असार २०८०, बुधवार राम्रो पोष्ट
राम्रो पोष्ट
२७ असार २०८०, बुधवार

दोलखा। दोलखाको मेलुङ गाउँपालिकाले लम्पी स्कीन रोगको स्थलगत पशु उपचार अभियान संचालन गरेको छ।
भेटेनरी अस्पताल तथा विज्ञ केन्द्र चरिकोट र हेफर नेपालको प्राविधिक सहयोग तथा CDF दोलखाको समन्वयमा स्थलगत पशु उपचार संचालन गरेको हो।
गाउँपालिकाको वडा नं १ देखि वडा नम्वर -७ सम्मका बिरामी पशुको उपचारका लागि पशु चिकित्सक डाक्टर राजेन्द्र ढकाल र डाक्टर ध्रुव डि.सि. लगाएत पालिकाको प्राविधिक टोली खटिएको गाउँपालिका अध्यक्ष हिरा थोकरले जानकारी दिए। हालसम्म करिब ३ सय पशुको उपचार गरिएको छ।
यस्का लागि गाउँपलिकाले दई हजार डोज खोप र १ लाख बराबरको औसधि खरिद गरेको छ।
बुधबारदेखि थप उपचारका लागि कर्मचारी व्यवस्थापन गरि सबै वडा र टोलटोलमा आवश्यक औसधि सहितको टोली खटाउने तयरी भएको अध्यक्ष थोकरले बताए।
भेटेरीेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दोलखाका अनुसार मेलुुुुङ गाउँपालिकाका ५००भन्दा बढि पशुमा संक्रमण फैलिएको छ भने दर्जन बढि पशु मरेका छन् ।
विशेषगरी गाईवस्तुमा लाग्ने यो रोगले हालसम्म दोलखामा ४ दर्जन बढि पशु मरेका छन् तीन हजारको हाराहारीमा पशुहरु संक्रमित भएका छन् ।