चर्नावती धाम महायज्ञबाट १ करोड भन्दा बढि आम्दानी : एक हजार २७ जनाले गरे दान



रविता महत
चरिकोट । दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर - ७ स्थित चर्नावती धाममा सञ्चालित महायज्ञमा १ करोड भन्दा बढी आम्दानी भएको छ।
महायज्ञबाट १ करोड ४ लाख ७६ हजार ९ सय ५१ रुपैया आम्दानी भएको हो।
बुधबार सदरमुकाम चरिकोटमा पत्रकार सममेलन गर्दै श्रीमद् भागवत महापुराण नवाह ज्ञान महायज्ञमाको कुल आम्दानी र खर्चको विवरण सर्वजनिक गरिएको हो ।
जेठ ७ गतेदेखि सञ्चालन भएको महायज्ञमा ३१ लाख ७१ हजार १ सय २२ रुपैँया खर्च भएको चर्णावती त्रिवेणी विकास तथा प्रवर्द्धन संघ दोलखाका अध्यक्ष गुण बहादुर बुढाथोकीले बताए।
महायज्ञमा १ हजार २७ जनाले दान गरेका थिए । आज सार्वजनिक खर्च विवरणमा करिब १५ लाख व्यक्तिले गरेको प्रतिवद्धता र जिल्लाका नगरपालिका र गाउँपालिकाले घोषणा गरेको रकम समावेश गरिएको छैन।
महायज्ञ मूल समारोह समितिका अध्यक्ष मदनदास श्रेष्ठको अध्यक्षतामा भएको खर्च सार्वजनिक कार्यक्रम सम्पन्न भएको हो।
कार्याक्रममा शैलुङ गाउँपालिका अध्यक्ष रिमल बाबु श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि,नागरिक समाजका अगुवा,सामाजिक अभियन्ता लगायत जिल्लाका सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष दीपशंकर चौलागाईँले धार्मिक साँस्कृतिक महत्व रहेको चर्णावती धाम व्यवस्थित रुपमा सञ्चालन गर्न स्थानीय सरकारले स्वामीत्व लिनुपर्ने बताए।
त्यसैगरी रेडियो शैलुङका स्टेशन म्यानेजर विनिता शिवाकोटीले जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालन सम्बन्धी जिज्ञासा राख्नु भएको थियो ।