एमाले दोलखाको १० औँ अधिवेशन माघ १९ देखि २१ सम्म चरिकोटमा तय

१७ पुष २०८०, मङ्गलवार राम्रो पोष्ट
राम्रो पोष्ट
१७ पुष २०८०, मङ्गलवार

दोलखा। नेकपा एमाले जिल्ला कमिटी दोलखाको १०औँ जिल्ला अधिवेशन २०८० साल माघ तेस्रो साता हुने भएको छ।
सोमबार र मंगलबार पार्टी कार्यालय चरिकोटमा बसेको अधिवेशन आयोजक समितिको बैठकले अधिवेशन माघ १९, २० र २१ गते सदरमुकाम चरिकोटमा भव्यताका साथ आयोजना गर्ने निर्णय गरेको हो।
दुई दिनसम्म सञ्चालन भएको बैठकले नरबहादुर श्रेष्ठको अध्यक्षतामा ५०१ जना मूल कमिटी र अन्य विषयगत कमिटीहरू गठन भएको अधिवेशन आयोजक समितिका सहसंयोजक राजेन्द्र मानन्धरले बताए।