पाँच युरोपेली देशले ईयू बाहिर ‘रिटर्न हब’ बनाएर आप्रवासी पठाउने योजना
राम्रो पोष्ट
२० भदौ २०८३, शनिवार
कोपेनहेगन, सेप्टेम्बर ५ । युरोपका पाँच देशले कानुनी रूपमा बसोबासको अधिकार नभएका आप्रवासीलाई युरोपेली संघ (ईयू) बाहिर स्थापना गरिने ‘रिटर्न हब’ मा पठाउने योजना अघि बढाएका छन्।
Reuters का अनुसार जर्मनी, अस्ट्रिया, ग्रीस, डेनमार्क र नेदरल्यान्ड्सले कोपेनहेगनमा भएको बैठकमा गैर–ईयू देशसँग यस्ता रिटर्न हब सञ्चालनका लागि सम्झौता गर्ने दिशामा ठोस कदम चाल्ने सहमति गरेका छन्। यी देशहरूले यस वर्षको अन्त्यसम्म सम्भावित साझेदार राष्ट्रसँग सम्झौता गर्ने लक्ष्य राखेका छन्।
डेनमार्कले भने सन् २०२७ को अन्त्यसम्ममा कानुनी हैसियत नभएका आप्रवासीलाई ईयू बाहिरको रिटर्न हबमा पठाउन सक्ने अवस्था तयार हुने अपेक्षा गरेको छ।
यी पाँच देशले रिटर्न हबमार्फत ईयूमा बस्न अनुमति नपाएका आप्रवासीलाई फिर्ता पठाउने प्रक्रिया थप प्रभावकारी बनाउन सकिने बताएका छन्। योजनालाई ईयूको नयाँ आप्रवासन नीतिसँग पनि जोडिएको छ।
तर मानवअधिकार संगठनहरूले भने यस्ता केन्द्रमा पठाइने आप्रवासी तथा शरणार्थीको अधिकार र सुरक्षाबारे गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनीहरूले रिटर्न हबले मानवअधिकार उल्लंघनको जोखिम बढाउन सक्ने चेतावनी दिएका छन्।
डेनमार्कले आगामी कदमका लागि संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (क्ष्इः) र शरणार्थीसम्बन्धी निकायसँग समन्वय गर्ने जनाएको छ। पाँच देशले यस विषयमा थप छलफल गर्न सेप्टेम्बरको अन्त्यतिर म्युनिखमा पुनः बैठक गर्ने तयारी गरेका छन्।

राम्रो पोष्ट