September 23, 2026

भर्खरै

जापान कनेक्सनमा कुवेत पठाएको आरोप, त्रिभुवन विमानस्थलका अध्यागमन अधिकृत छानबिनमा

राम्रो पोष्ट ६ असोज २०८३, मङ्गलवार
जापान कनेक्सनमा कुवेत पठाएको आरोप, त्रिभुवन विमानस्थलका अध्यागमन अधिकृत छानबिनमा

काठमाडौं — जापानमा रहेका एक व्यक्तिसँग सम्पर्क गरेपछि श्रम स्वीकृतिविनै यात्रुलाई कुवेत पठाएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृत तेजबहादुर सेजुवाल छानबिनमा तानिएका छन्।
अध्यागमन विभागका अनुसार सेजुवालले कुवेत जान लागेका एक यात्रुलाई श्रम स्वीकृति पूरा नभएको अवस्थामा करिब २० देखि ३० मिनेट अध्यागमन डेस्कमा रोकेका थिए। त्यसक्रममा उनले जापानमा रहेका एक व्यक्तिसँग फोनमा कुराकानी गरेपछि यात्रुलाई प्रस्थान अनुमति दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
विभागका अनुसार सीसीटीभी 
फुटेज र नेपाली पोर्ट प्रणालीको विवरणमा यात्रु बिहान करिब ६ः३० बजे अध्यागमन क्षेत्रमा प्रवेश गरेको र करिब ३० मिनेटसम्म डेस्कमा रहेको देखिएको छ। त्यसपछि बिहान करिब ७ः१० बजे उनलाई प्रस्थान अनुमति दिइएको थियो।
तर वैदेशिक रोजगार विभागको प्रणालीमा भने यात्रु उडिसकेपछि मात्रै श्रम स्वीकृतिको प्रक्रिया अघि बढेको देखिएको छ। यसले प्रस्थान अनुमति दिइएको समयमा यात्रुको श्रम स्वीकृति प्रक्रिया पूरा नभएको प्रारम्भिक रूपमा देखिएको विभागले जनाएको छ।
प्रारम्भिक छानबिनमा जापानमा रहेका व्यक्तिसँगको सम्पर्क र सम्भावित आर्थिक लेनदेन को विषयसमेत देखिएको विभागको भनाइ छ। घटनाबारे थप अनुसन्धानका लागि अधिकृतको मोबाइल नियन्त्रणमा लिइएको छ।
यस घटनामा अन्य व्यक्तिहरूको समेत संलग्नता हुन सक्ने देखिएपछि विस्तृत अनुसन्धान र आवश्यक कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गरिएको विभागका निर्देशक टीकाराम ढकालले बताएका छन्।
पछिल्लो समय भिजिट भिसामा ‘सेटिङ’ गरी यात्रु विदेश पठाउने गिरोह सक्रिय रहेको भन्दै अध्यागमन विभागले आफ्ना कर्मचारीमाथि समेत निगरानी बढाएको छ। विभागले गत साता मात्रै पाँच जना कर्मचारीलाई जिम्मेवारीबाट हटाएको जनाएको छ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट