October 16, 2026

भर्खरै

जनउपकार साकोस झ्याँकु सेवा केन्द्रको २७औँ वार्षिक साधारणसभा सम्पन्न, आर्थिक अवस्था र प्रगतिबारे समीक्षा

राम्रो पोष्ट २८ असोज २०८३, बुधवार
जनउपकार साकोस झ्याँकु सेवा केन्द्रको २७औँ वार्षिक साधारणसभा सम्पन्न, आर्थिक अवस्था र प्रगतिबारे समीक्षा

दोलखा। सहकारीको आर्थिक अवस्था, वार्षिक उपलब्धि र संस्थागत गतिविधिको समीक्षा गर्दै जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको झ्याँकु सेवा केन्द्रको २७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। गौरीशंकर गाउँपालिका–४, झ्याँकुमा बुधबार आयोजित सभामा सहकारीको प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका गतिविधिबारे छलफल गरिएको हो।
गौरीशंकर गाउँपालिका–जुँगुमा मुख्य कार्यालय रहेको जनउपकार साकोसले आफ्नो कार्यक्षेत्रअन्तर्गतका विभिन्न सेवा केन्द्रमा साधारणसभा सञ्चालन गरिरहेको छ। सोही क्रममा झ्याँकु सेवा केन्द्रको साधारणसभा आयोजना गरिएको संस्थाका सचिव खड्गबहादुर खड्काले जानकारी दिनुभयो।
सचिव खड्काका अनुसार सबै सेवा केन्द्रको साधारणसभा सम्पन्न भएपछि असोज ३० गते मुख्य कार्यालय जुँगुमा संस्थाको साधारणसभा आयोजना गरिनेछ।
सहकारीका सञ्चालक समिति सदस्य तथा झ्याँकु सेवा केन्द्रका संयोजक जनकबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न सभामा जिल्ला सहकारी संघ दोलखाका महासचिव दिलबहादुर केसी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
सभामा ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड झ्याँकुका अध्यक्ष देवकुमार खड्का, पूर्वअध्यक्ष निमा लामा, शिक्षक कविन्द्र खड्का तथा सहकारीकी कर्मचारी सविता खड्कालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा सहकारीको आर्थिक प्रतिवेदन लेखा विभाग प्रमुख अंकित खड्काले प्रस्तुत गर्नुभएको थियो भने वार्षिक प्रगति प्रतिवेदन कोषाध्यक्ष बलराम खड्काले प्रस्तुत गर्नुभएको थियो।
सभामा प्रस्तुत प्रतिवेदनमार्फत सहकारीको आर्थिक अवस्था, वार्षिक प्रगति तथा संस्थाका गतिविधिबारे जानकारी गराइएको थियो। सेवा केन्द्रस्तरमा साधारणसभा सम्पन्न गर्ने कार्यक्रमअन्तर्गत झ्याँकु सेवा केन्द्रको सभा पनि सम्पन्न भएको हो।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट