पत्रकारिता र सामाजिक अभियानको अनुभव बोकेर कांग्रेस महाधिवेशन प्रतिनिधिमा भण्डारीको उम्मेदवारी
राम्रो पोष्ट
९ असोज २०८३, शुक्रवार
दोलखा । पत्रकारिता र सामाजिक अभियानमा लामो समयदेखि सक्रिय गोेणप्रसाद भण्डारीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाबाट खस आर्यतर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका छन्।
कालिञ्चोक गाउँपालिका–६ लापिलाङबाट क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका भण्डारी यसअघि १३औँ महाधिवेशनमा समेत खस आर्यतर्फ महाधिवेशन प्रतिनिधिका उम्मेदवार बनेका थिए।
पत्रकारितासँगै सामाजिक क्षेत्रमा सक्रिय भण्डारीले दुर्गम क्षेत्रका विद्यार्थी तथा विपन्न परिवारलाई सहयोग जुटाउने अभियानमा समेत भूमिका निर्वाह गर्दै आएका छन्। लापिलाङस्थित गुर्जपा आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय पोसाक सहयोग जुटाउने अभियानमा उनले पहल गरेका थिए।
भण्डारी नेपाल विद्यार्थी संघ, ट्रेड युनियन कांग्रेस र प्रेस युनियनलगायतका संगठनमा विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन्। सामाजिक सरोकारका विषयमा पत्रकारितामार्फत आवाज उठाउँदै आएका उनी विभिन्न राष्ट्रिय सञ्चारमाध्यममा समेत सक्रिय छन्।
लामो समयको पत्रकारिता, सामाजिक अभियान तथा संगठनात्मक अनुभवलाई राजनीतिक जिम्मेवारीसँग जोड्दै भण्डारीले कांग्रेसको १५औँ महाधिवेशनमा खस आर्यतर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा उम्मेदवारी दिएका हुन्।

राम्रो पोष्ट