जापानबाट एसिया–प्यासिफिकमा डा. बलराम श्रेष्ठ कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित, पाए सर्वाधिक मत!
राम्रो पोष्ट
२७ असोज २०८३, मङ्गलवार
जापान। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत एसिया–प्यासिफिक क्षेत्रबाट केन्द्रीय सदस्य पदमा जापानका डा. बलराम श्रेष्ठ सर्वाधिक मतसहित निर्वाचित भएका छन्।
सार्वजनिक मतपरिणामअनुसार डा. श्रेष्ठले १ हजार ९२० मत प्राप्त गरेका छन्। उनी उक्त क्षेत्रबाट प्रतिस्पर्धा गरेका उम्मेदवारमध्ये सर्वाधिक मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।
मतपरिणामअनुसार उनका निकटतम प्रतिस्पर्धी नवराज शिवाकोटीले ९१५ मत प्राप्त गरेका छन्। त्यस्तै, नारायणप्रसाद सुवेदीले ८९९, दण्डपानी कँडेलले ८७७, सुरेश कोइरालाले ८४५, विनोदकुमार थापाले ६३३ र चण्डीप्रसाद योङ्याले ५१४ मत प्राप्त गरेका छन्।
उक्त निर्वाचनमा कुल ६ हजार ८७७ मत सदर भएको र ४१ मत बदर भएको विवरणमा उल्लेख छ।
डा. श्रेष्ठको निर्वाचित भएसँगै जापानमा रहेका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले उनलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

राम्रो पोष्ट