June 27, 2026

भर्खरै

“विकासको बजेटमा आजसम्म वेमानी गरेको छैन, अब पनि गर्ने छैन” — पार्वत गुरुङ

राम्रो पोष्ट २५ माघ २०८२, आइतवार
“विकासको बजेटमा आजसम्म वेमानी गरेको छैन, अब पनि गर्ने छैन” — पार्वत गुरुङ

दोलखा। आइतबार मेलुङ पुगेका प्रतिनिधि सभा सदस्य उम्मेदवार पार्वत गुरुङले आफूले आजसम्म विकास निर्माणको बजेटमा कुनै पनि किसिमको भ्रष्टाचार नगरेको र भविष्यमा पनि नगर्ने स्पष्ट दाबी गरेका छन्। नेकपा एमाले मेलुङ गाउँपालिका कमिटीले आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गुरुङले समृद्ध दोलखा निर्माणका लागि नेकपा एमाले बाहेक अन्य कुनै विकल्प नरहेको जिकिर गरे।
“नेपालको स्रोत–साधन र अर्थतन्त्रको यथार्थअनुसारको विकास दोलखामा नेकपा एमाले र मेरो नेतृत्वमा मात्रै भएको छ,” गुरुङले भने, “जो–कोहीले चुनाव जिते पनि आजको भोलि आमूल परिवर्तन सम्भव छैन, यदि कसैले त्यसो भनिरहेको छ भने त्यो फटाहा कुरा हो।”
फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै आयोजित भेलामा उनले दोलखाको अधिकांश विकास निर्माण एमालेको नेतृत्वमा सम्पन्न भएको र अझै थुप्रै काम बाँकी रहेको उल्लेख गर्दै ती सबै पूरा गर्ने प्रतिबद्धता जनाए।
“मैले आजसम्म विकासको बजेटमा भ्रष्टाचार गरेको छैन, अब पनि गर्ने छैन,” उनले भने, “त्यसैले मलाई भोट दिनुस्, म इमानदार भएर काम गर्छु।”
मेलुङ गाउँपालिका–४ पिपलडाँडा, लामाटार क्षेत्रमा आयोजित कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य धर्मेन्द्र मोक्तान, उर्मिला सुनुवार, जिल्ला कमिटी अध्यक्ष नरबहादुर श्रेष्ठ, उपध्यक्ष राजेन्द्र मानन्धर, एमाले नेता तथा मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकर, नेकपा एमले दोलखाका नेता जंग गुरुङ लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता र सर्वसाधारणको उल्लेखनीय सहभागिता देखिएको थियो।
कार्यकर्ता भेलाले मेलुङ क्षेत्रमा एमालेको चुनावी अभियानलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ।

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट