भगवती शाह महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित, व्यक्त गरिन् कृतज्ञता
राम्रो पोष्ट
१५ असोज २०८३, बिहिवार
दोलखा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आफूलाई सर्वसम्मत महाधिवेशन प्रतिनिधिका रूपमा चयन गरेकोमा भगवती शाहले सम्पूर्ण आदरणीय नेतागण तथा क्षेत्रीय प्रतिनिधि साथीहरूप्रति हार्दिक धन्यवादसहित कृतज्ञता व्यक्त गर्नुभएको छ।
शाहले सामाजिक सञ्जालमार्फत आफूलाई विश्वास गरी महाधिवेशन प्रतिनिधिको जिम्मेवारी प्रदान गर्ने सम्पूर्ण नेतागण तथा क्षेत्रीय प्रतिनिधिहरूप्रति आभार व्यक्त गर्दै “जय नेपाल” भन्नुभएको छ।
नेपाली कांग्रेस दोलखाको १५औँ जिल्ला अधिवेशनबाट खस–आर्य महिला तर्फ महाधिवेशन प्रतिनिधिमा भगवती शाह निर्विरोध निर्वाचित हुनुभएको हो। पार्टीभित्र सक्रिय महिला नेतृका रूपमा रहनुभएकी शाहले प्राप्त नयाँ जिम्मेवारीलाई संगठनको हित र पार्टीको उद्देश्यअनुसार अघि बढाउने अपेक्षा गरिएको छ।
महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएपछि शाहलाई नेपाली कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
नयाँ जिम्मेवारीसँगै शाहको नेतृत्वमा थप साहस, हौसला, ऊर्जा र नेतृत्व क्षमता विकास हुँदै पार्टीको संगठन सुदृढीकरण, एकता तथा जनताको सेवामा योगदान अझ प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।

राम्रो पोष्ट