२४ माघ २०८२, शनिवार

भर्खरै

दोलखामा राजनीतिक तरंग : ‘नारा होइन काम’ भन्दै निमा दोर्जे लामाको चुनौतीपूर्ण उदय

राम्रो पोष्ट २३ माघ २०८२, शुक्रवार
दोलखामा राजनीतिक तरंग : ‘नारा होइन काम’ भन्दै निमा दोर्जे लामाको चुनौतीपूर्ण उदय

दोलखा — दशकौँदेखि उस्तै भाषण, उस्तै आश्वासन र उस्तै निराशा भोग्दै आएका दोलखाबासीका बीच यसपटक राजनीतिक मैदानमा फरक आवाज र फरक एजेन्डासहित निमा दोर्जे लामा उत्रिएका छन्। उज्यालो नेपाल पार्टीका तर्फबाट दोलखा प्रतिनिधि सभा सदस्यका प्रत्यक्ष उम्मेदवार बनेका लामाले “नारा होइन काम, भाषण होइन परिणाम” भन्ने स्पष्ट सन्देशसहित चुनावी अभियानलाई तीव्र बनाएका छन्।
“समृद्ध दोलखा, आत्मनिर्भर दोलखाबासी” भन्ने नारालाई केवल कागजमा सीमित नराखी व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गर्दै लामाले दोलखाको अधिकार दोलखाबासीकै हातमा फर्काउने उद्घोष गरेका छन्। तामाकोशी तेस्रो जस्ता राष्ट्रिय परियोजनाबाट दोलखाले पाउनुपर्ने हक अझै सुनिश्चित हुन नसकेको उल्लेख गर्दै उनले यसपटक हिसाब–किताब मागिने स्पष्ट संकेत दिएका छन्।
लामाको घोषणापत्रमा पर्यटनलाई घरघरमा रोजगारीसँग जोड्ने ठोस योजना समेटिएको छ। सेलुङ–खरिढुंगा–कालिञ्चोक–गौरीशंकर–लप्सी रोल्वा क्षेत्रलाई एकीकृत पर्यटन सर्किटका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ, जसबाट होमस्टे, स्थानीय रोजगारी र आम्दानी सँगसँगै बढ्ने उनको दाबी छ।
कृषिमा लगानी गरेकै कारण किसान डुब्नुपर्ने अवस्था अन्त्य गर्न लागत र उत्पादनको ग्यारेन्टी, टिकाउ सडक र भरपर्दो यातायात व्यवस्था, साथै युवालाई गाउँमै रोक्ने उद्देश्यसहित सीपमूलक तालिम, स्टार्टअप र साना उद्योग प्रवद्र्धनलाई प्राथमिकतामा राखिएको छ।
त्यस्तै, वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यममा जोड्ने, डिजिटल दोलखा निर्माण गर्ने, इन्टरनेट तथा अनलाइन सेवामा पहुँच विस्तार गर्ने योजना पनि उनको प्रमुख एजेन्डामा समेटिएको छ। पारदर्शी शासन, दलाल र बिचौलियाविहीन सेवा प्रवाह तथा स्पष्ट हिसाब–किताब लामाको मुख्य प्रतिबद्धता रहेको छ।
स्वास्थ्य र शिक्षाको गुणस्तरमा व्यापक सुधार, प्रकृति संरक्षण र दिगो विकासलाई सँगसँगै अघि बढाउने नीतिले निमा दोर्जे लामालाई परम्परागत राजनीतिभन्दा फरक धारमा उभ्याएको देखिन्छ।
पाँच वर्षमै देखिने परिवर्तनको दाबी गर्दै लामाले दोलखाबासीलाई प्रश्न गरिरहेका छन्—
“अब पनि भाषणमै विश्वास गर्ने कि काम गरेर देखाउनेलाई मौका दिने?”
दोलखाको राजनीतिमा यसपटक उज्यालो बल्बको चिन्ह केवल चुनाव चिन्ह मात्र होइन, परिवर्तनको संकेत बन्ने कि नबन्ने भन्ने फैसला मतदाताकै हातमा छ। भीमेश्वर नगरपालिका वडा नम्बर–३, चरिकोट निवासी निमा दोर्जे लामा लामो समयदेखि व्यवसाय र सामाजिक सेवामा सक्रिय रहँदै आएका व्यक्ति हुन्।

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट