“दोलखामा पार्वत गुरुङको जित नै मेरो जित हो” बालकृष्ण शिवाकोटी
राम्रो पोष्ट
४ फागुन २०८२, सोमवार
दोलखा । नेकपा एमालेका नेता बालकृष्ण शिवाकोटीले प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै दोलखामा सनसनीपूर्ण अभिव्यक्ति दिएका छन्। उनले स्पष्ट शब्दमा भने—“पार्वत गुरुङको जित नै मेरो जित हो।”
सोमबार लापिलाङमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शिवाकोटीले दोलखाबाट गुरुङलाई जिताएर पठाउन सके “सबै दोलखालीले जितेको अनुभूति गर्ने” दाबी गरे।
उनको भनाइ अझै आक्रामक थियो—“अहिलेको अवस्थामा नेकपा एमाले लाई जिताउन सकिएन भने यो मुलुक रहने हो कि होइन भन्ने अवस्था आउन सक्छ।”
शिवाकोटीले पार्वत गुरुङको जितलाई देशको स्थायित्वसँग जोड्दै, एमालेको जितलाई राष्ट्रिय आवश्यकता भएको बताएका छन्। उनले कालिञ्चोक गाउँपालिकाबाट जिल्लाकै सबैभन्दा बढी मत दिएर गुरुङलाई विजयी गराउन आह्वान गर्दै “कुनै कमी नछोड्ने” प्रतिबद्धता पनि व्यक्त गरे।
दोलखाको चुनावी मैदानमा शिवाकोटीको यो अभिव्यक्तिले राजनीतिक तरंग पैदा गरेको छ। अब प्रश्न उठेको छ—के दोलखाले साँच्चै ‘एमाले लहर’ देखाउने छ?

राम्रो पोष्ट