October 26, 2026

भर्खरै

जापानमा नेपाली संस्कृतिको गौरव, ABIS का विद्यार्थीले गरे नेपालको प्रतिनिधित्व!

राम्रो पोष्ट ९ कार्तिक २०८३, सोमवार
जापानमा नेपाली संस्कृतिको गौरव, ABIS का विद्यार्थीले गरे नेपालको प्रतिनिधित्व!

टोकियो, जापान। नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवका अवसरमा आयोजित २७औँ फुरेआइ कन्सर्टमा एसियन ब्रिज इन्टरनेसनल स्कुल (ABIS), टोकियोका विद्यार्थीहरूले नेपाली सांस्कृतिक नृत्य प्रस्तुत गर्दै नेपालको प्रतिनिधित्व गरेका छन्।
विद्यालयका अध्यक्ष डा. बलराम श्रेष्ठका अनुसार, यामानाशी प्रिफेक्चरको ओत्सुकी सिटीमा शनिबार, २४ अक्टोबर २०२६ मा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले नेपाली कला, संस्कृति, परम्परा र राष्ट्रिय पहिचान झल्काउने नृत्य प्रस्तुत गरेका थिए।
सन् १९५६ मा स्थापित नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा आयोजित यस कार्यक्रमले दुई देशबीचको मित्रता, सद्भाव र सांस्कृतिक आदानप्रदानलाई थप सुदृढ बनाउन योगदान पुर्‍याएको छ।
विद्यार्थीहरूको यस सहभागिताले जापानी समुदायमाझ नेपाली संस्कृति र परम्पराको पहिचान विस्तार गर्नुका साथै विदेशमा हुर्किरहेका बालबालिकामा आफ्नो कला, संस्कृति र राष्ट्रिय पहिचानप्रति गौरवको भावना अभिवृद्धि गर्न सहयोग पुर्‍याएको छ।
नेपाली सांस्कृतिक नृत्यमार्फत जापानी मञ्चमा नेपालको पहिचान प्रस्तुत गर्ने विद्यार्थीहरूको सहभागिता नेपाली समुदायका लागि गौरवको विषय बनेको छ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट