October 2, 2026

भर्खरै

३ करोड येनका हातघडी चोरीमा संलग्न १७ वर्षीय युवक सुधारगृह पठाइए

राम्रो पोष्ट १५ असोज २०८३, बिहिवार
३ करोड येनका हातघडी चोरीमा संलग्न १७ वर्षीय युवक सुधारगृह पठाइए

नागोया । जापानको नागोयामा करिब ३ करोड येन मूल्यका १५ वटा हातघडी चोरी गरेको घटनामा संलग्न १७ वर्षीय युवकलाई किशोर सुधारगृह पठाउन अदालतले आदेश दिएको छ।
आन्जो सहरका ती युवकले गत अगस्टमा नागोयाको मिनामी वार्डस्थित एक घडी पसलमा लुटपाट गरी १५ वटा हातघडी चोरी गरेको आरोपमा पक्राउ परेका थिए। घटनाका क्रममा पसलका एक कर्मचारीसमेत घाइते भएका थिए।
नागोया परिवार अदालतको ओकाजाकी शाखाले युवकलाई ‘टाइप–१ किशोर सुधारगृह’ मा पठाउने निर्णय गरेको हो। यस्तो सुधारगृहमा गम्भीर मानसिक वा शारीरिक अशक्तता नभएका किशोरहरूलाई राखिन्छ।
अदालतका न्यायाधीश दाइसुके ओकुदाले अपराधको प्रकृति र त्यसबाट भएको क्षति गम्भीर रहेको तथा युवकलाई अपराधतर्फ धकेल्ने समस्याहरू पनि गहिरो रहेको उल्लेख गरेका छन्।
यस घटनामा युवकबाहेक अन्य चार जना पनि पक्राउ परिसकेका छन्।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट